गरिमा र ज्योति विकास बैंक बीच गरिमा रेमिट सञ्चालन सम्झौता

पोखरा, ८ जेठ ।

गरिमा विकास बैंकको गरिमा रेमिट ज्योति विकास बैंकले सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको छ । जेठ ७ गते सोमबार गरिमा विकास बैंकको तर्फबाट विकास बैंकका नायब महाप्रबन्धक माधव प्रसाद उपाध्याय र ज्योति विकास बैंकको तर्फबाट प्रमूख कार्यकारी अधिकृत मनोज ज्ञवालीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

यो सम्झौता पश्चात ज्योति विकास बैंकको हाल रहेका ५० वटा शाखा कार्यालयबाट गरिमा रेमिट मार्फत रकम पठाउन, भूक्तानी गर्न तथा खातामा रकम जम्मा गर्न सकिने ब्यबस्था गरिएको बैकका नायब महाप्रबन्धक माधव प्रसाद उपाध्यायले बताए ।

You might also like

Comments are closed.