गरिमा र देव विकासबीच रेमिट सम्झौता

पोखरा, २९ साउन । देवःविकास बैंकले गरिमा रेमिट सेवा प्रदान गर्ने सम्बन्धमा गरिमा विकास बैंकसंग सम्झौता गरेको छ । मंगलबार गरिमा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र देवःविकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय बहादुर श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता पछि देवःविकास बैंक लिमिटेडका देशभर सञ्चालनमा रहेका ५१ वटा शाखा कार्यालयबाट गरिमा रेमिटमार्फत रकम पठाउन भुक्तानी गर्न तथा खातामा जम्मा गर्न सकिने गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले बताए ।

You might also like

Comments are closed.