गरिमा र सानिमा बैंक बीच रेमिट सम्झौता

पोखरा, ७ साउन ।

सानिमा बैंकले गरिमा रेमिट सेवा प्रदान गर्ने सम्बन्धमा गरिमा विकास बैंक संग सम्झौता गरेको छ । सोमबार गरिमा विकास बैंकको तर्फबाट नायब महाप्रबन्धक माधव प्रसाद उपाध्याय र सानिमा बैंकको तर्फबाट चिफ फाईनान्स अफिसर सरोज गुरागांईले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता पश्चात सानिमा बैंकका देशभर सञ्चालनमा रहेका ७४ वटा शाखा कार्यालयबाट गरिमा रेमिट मार्फत रकम भूक्तानी गर्न तथा खातामा जम्मा गर्न सकिने गरिमा विकास बैकका प्रमुख कार्यकारी अधिकृत गोविन्द ढकालले बताए ।

You might also like

Comments are closed.