गरिमा विकास बैंकको दम्पती बचत खाता योजना

पोखरा, २४ जेठ ।

गरिमा विकास बैंकले गरिमा दम्पति बचत खाता संचालनमा ल्याएको छ । जेष्ठ २३ गते झापाको मेची पुलबाट विकास बैंकका अध्यक्ष चन्द्रकान्त बरालले यो बचत योजनाको शुभारम्भ गरेका हुन् ।

प्रदेश नं. १ अन्र्तगत झापा, मोरङ्ग र सुनसरी जिल्लाका विभिन्न स्थानमा स्थापित ८ वटा शाखा कार्यालयको औपचारिक समुद्घाटनको पूर्व सन्ध्यामा यो बचत योजना सार्वजनिक गरिएको बताइएको छ ।

बैंकमा गरिमा दम्पति बचत खाता खोल्ने ग्राहकहरुले बार्षिक ९ प्रतिशत व्याज प्राप्त गर्नेछन । यो खाता खोल्ने गा्रहकले बैकको एटीएम कार्ड, मोबाईल बैंकिङ्ग सुविधा, सि–आश्वा सुविधा र एविविएस सुविधा समेत निःशुल्क रुपमा प्राप्त गर्न सक्ने प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले बताए ।

You might also like

Comments are closed.