गरिमा विकास बैंकको निःशूल्क सि–आस्वा सेवा

पोखरा, ९ फागुन ।
गरिमा विकास बैंकले सि–आस्वा सेवा सञ्चालनमा ल्याएको छ । विकास बैंकमा चल्ती तथा बचत खाता रहेका ग्राहकहरुलाई धितोपत्रको प्राथमिक निष्काशन (आइपिओ÷एफपिओ) तथा हकप्रद शेयर निष्काशन हुंदा उक्त शेयर खरिदका लागि दरखास्त दिने सि–आस्वा सेवा सञ्चालनमा ल्याएका बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले बताए ।

विकास बैंकका ग्राहकहरुले आफ्नो डिम्याट खाता रहेको निक्षेप सदस्यकोमा गई मेरो शेयर सेवाको युजर आइडी र पासवर्ड लिने विकास बैंकमा गई आफ्नो खाताको सि–आस्वा रजिष्ट्रेशन नम्बर (सिआरएन) लिएर निक्षेप सदस्यकोमा बैंक खाता नम्बर अपडेट गराए पश्चात घरमै बसेर मोबाईल तथा कम्प्युटरको प्रयोग गरी आइपिओ÷एफपिओ÷हकप्रद शेयर खरिदका लागि अनलाईन निवेदन दिने, आफ्नो डिम्याट खातामा रहेको धितोपत्रको पोर्टफोलियो हेर्ने, शेयर रोक्का फूकूवा सम्बन्धी विवरण हेर्ने लगायतका कार्यहरु गर्न सक्ने बताइएको छ ।

बैंकका सम्पुर्ण ४९ वटा शाखा कार्यालयमा खाता रहेका ग्राहकहरुले यो सेवा निःशूल्क रुपमा प्रयोग गर्न सक्ने बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले जानकारी दिए ।

You might also like

Comments are closed.