गरिमा विकास बैंकको बाह्रौं बार्षिक साधारण सभा

 

पोखरा, २७ असोज ।

गरिमा विकास बैंक लिमिटेडको बाह्रौं बार्षिक साधारणसभा शुक्रबार पोखरामा सम्पन्न भएको छ । उक्त साधारणसभाले शेयरधनीहरुलाई १० प्रतिशत बोनश शेयर र ३.७५ प्रतिशत नगद लाभांश(कर सहित) वितरण गर्ने प्रश्ताव पारित गरेको छ । त्यसैगरी उक्त साधारणसभाले मर्जर तथा एक्वीजिसन सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी समेत प्रदान गरेको बैकका प्रमुख कार्यकारी अधिकृत गोविन्द ढकालले बताए ।

२ अर्ब ५३ करोड ४८ लाख ८० हजार रुपैंया चुक्ता पूजी रहेको विकास बैंकको १० प्रतिशत बोनश शेयर वितरण पश्चात चुक्ता पुंजी २ अर्ब ७८ करोड ८३ लाख ६८ हजार पुगेको छ । साधारणसभाको लागि २०७५ आश्विन १२ गतेदेखि शेयरधनी दर्ता पुस्तिका बन्द रहेकोमा २०७५ असोज ११ गते सम्म कायम विकास बैंकका शेयरधनीहरुले मात्र साधारणसभाबाट पारित बोनश शेयर र नगद लाभांश प्राप्त गर्ने बैकका प्रमुख कार्यकारी अधिकृत ढकालले बताए ।

You might also like

Comments are closed.