गरिमा विकास बैंकको शाखा नयाँ बानेश्वरमा

पोखरा , १५ माघ
गरिमा विकास बैंकले बुधबार काठमाडौं नयाबानेश्वर, शाखाको औपचारिक उद्घाटन गरेको छ । नयाँ बानेश्वर स्थित इन्द्रेणी कम्प्लेक्समा रहेको उक्त शाखा कार्यालयको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठले गरे ।

काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको यस विकास बैंकको हाल काठमाण्डौं उपत्यका भित्र ८ वटा शाखा सहित देशभर ६६ शाखा र १५ वटा एटीएम संचालनमा छन । विकास बैंकले छिट्टै नै पर्साको बीरगंज, चितवनको टांडी र मिलनचोक, दाङ्गको तुल्सीपुर, बांकेको कोहलपूर, कञ्चनपुरको महेन्द्रनगर,कास्कीको हेम्जा, नुवाकोटको बट्टार र लमजुङ्गको बेसीशहरमा समेत शाखा कार्यालय खोल्ने तयारी रहेको बैकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले बताए ।

विकास बैंकले आर्थिक बर्ष २०७५÷७६ को दोश्रो त्रैमासको अन्त्य सम्ममारु.२६ अर्ब ९८ करोड निक्षेप संकलन गरी रु.२३ अर्ब ५२ करोड कर्जा लगानी गरेको छ । साथै विकास बैंकले गत बर्षको तुलनामा ५४.८१ प्रतिशतले नाफा बृद्धि गरी रु.४३ करोड ९३ लाख सञ्चालन मूनाफा आर्जन गर्न सफल भएको बैकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले बताए ।

You might also like

Comments are closed.