गरिमा विकास बैंकको शाखा रुपन्देहीको योगी कुटीमा

आर्थिक आवाज
पोखरा, ६ पुस । गरिमा विकास बैंक लिमिटेडले शाखा विस्तार गरेको छ । बैंकले रुपन्देही जिल्लाको योगी कुटी शाखा कार्यालयको शुक्रबार औपचारिक उद्घाटन सम्पन्न गरेको छ । शाखा कार्यालयको उद्घाटन तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरेले गरेका हुन् ।

विकास बैंकको हाल रुपन्देही जिल्लामा मात्रै ६ वटा शाखा कार्यालय संचालनमा रहेका बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले जानकारी दिए । काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको बैंकको हाल काठमाडौं उपत्यका भित्र ८ वटा शाखा सहित देशभर ६६ शाखा र १५ वटा एटीएम संचालनमा छन् ।

विकास बैंकले छिट्टै नै पर्साको बीरगंज, चितवनको टांडी र मिलनचोक, दाङको तुल्सिपुर, बांकेको कोहलपूर, कञ्चनपुरको महेन्द्रनगर, कास्कीको हेम्जा, नुवाकोटको बट्टार र लमजुङको बेसीशहरमा समेत शाखा कार्यालय खोल्दैछ । २०७५ पुस ५ गतेसम्म विकास बैंकले रु.२५ अर्ब २५ करोड निक्षेप संकलन गरी २२ अर्ब २५ करोड कर्जा लगानी गरेको छ ।

You might also like

Comments are closed.