गरिमा विकास बैंकको ११ औं वार्षिक साधारणसभा सम्पन्न

पोखरा, २८ पुस । गरिमा विकास बैंक लिमिटेडको ११ औं वार्षिक साधारणसभा शुक्रबार पोखरामा सम्पन्न भएको छ । बैंकका अध्यक्ष चन्द्रकान्त बरालको अध्यक्षतामा आयोजित सभाले शेयरधनीहरुलाई १५ प्रतिशत बोनश शेयर वितरण गर्ने प्रश्ताव पारित गरेको छ । सभामा सर्वसाधारण शेयरधनी समूह तर्फबाट सञ्चालक समितिमा रिक्त २ जना सञ्चालकमा डा.भूपेन्द्र बहादुर खड्का क्षेत्री र संजीव ढकाल निर्विरोध निर्वाचित भएका छन् । साधारणसभाले मर्जर तथा एक्वीजिसन सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी समेत प्रदान गरेको छ ।

२ अर्ब २० करोड ४२ लाख ४३ हजार रुपैयाँ चुक्ता पुँजी रहेको विकास बैंकको १५ प्रतिशत बोनश शेयर वितरण पश्चात चुक्ता पुँजी २ अर्ब ५३ करोड ४८ लाख ८० हजार रुपैयाँ पुगेको छ । साधारणसभाको लागि २०७४ पुस १४ गतेदेखि शेयरधनी दर्ता पुस्तिका बन्द रहेकोमा २०७४ पुस १३ गतेसम्म कायम विकास बैंकका शेयरधनीले मात्र साधारणसभाबाट पारित बोनश शेयर प्राप्त गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले बताए ।

काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको राष्ट्रियस्तरको यो विकास बैंकको हाल देशभर ४९ शाखा र १२ वटा एटीएम संचालनमा छन् । बैंकले छिट्टै प्रदेश नम्बर १ का मोरङ, झापा र सुनसरी गरी १० वटा शाखा कार्यालय स्थापना गर्दैछ । विकास बैंकले हाल करिब १७ अर्ब २० करोेड निक्षेप संकलन गरी १५ अर्ब ७० करोड कर्जा लगानी गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले बताए ।

You might also like

Comments are closed.