गरिमा विकास बैंकमा अनलाइन खाता खोल्ने व्यवस्था

काठमाडौं । गरिमा विकास बैंकले अनलाइन माध्यमबाट खाता खोल्न सक्ने गरी नयां ब्यवस्था सूरु गरेको छ । संसारको जुनसुकै स्थानबाट पनि अनलाइन माध्यमद्वारा गरिमा विकास बैंकमा खाता खोल्न सकिनेछ । अब विदेशमा रहनुहुने सेवाग्राहीले आफै खाता खोली आफ्नै खातामा जम्मा हुनेगरी रकम पठाउन सकिने बैंकका नायव प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्यायले बताए ।

गरिमा विकास बैंकको वेवसाइटमा गएर अनलाइन एकाउन्ट ओपनिङमा गइ उपयुक्त खाताको प्रकार छनौट गरी अनुरोध बमोजिम आफ्नो बिवरण भरी आवश्यक कागजातहरु अपलोड गरि सजिलै आफै आफ्नो खाता खोल्न सकिने बैंकले जनाएको छ ।

लाजिम्पाट, काठमाण्डौंमा प्रधान कार्यालय रहेको गरिमा विकास बैंकले काठमाण्डौं उपत्यकाभित्र १० वटा शाखा सहित देशभर ९१ शाखा, ५१ एटीएम र गरिमा रेमिटका १०,००० भन्दा बढि एजेण्टमार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको नायव प्रमुख कार्यकारी अधिकृत उपाध्यायले बताए ।

You might also like

Comments are closed.