गरिमा विकास बैंक र सूर्यालाईफ इन्स्योरेन्स बीच बैंकान्स्योरेन्स सम्झौता

पोखरा, २७ फागुन ।

गरिमा विकास बैंक लिमिटेड र सूर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड बीच बैंकान्स्योरेन्स सेवा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ । २०७५ जेष्ठ २७ गते आईतबार आयोजित एक कार्यक्रममा सो सम्बन्धी समझदारी पत्रमा गरिमा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र सूर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट सो कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता पश्चात गरिमा विकास बैंकका ग्राहकहरुले विकास बैंकका सम्पूर्ण ५७ वटा शाखा कार्यालयबाट सूर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रदान गर्ने जीवन बीमा सम्बन्धी सेवा प्राप्त गर्न सक्नेछन । विकास बैंकले आफ्ना ग्राहकहरुलाई प्रवाह गर्ने सेवामा विविधिकरण गर्दै जाने शिलशिलामा बैंकान्स्योरेन्स कार्य पनि एक महत्वपुर्ण कार्य रहेको छ ।

footwear
सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...