गरिमा विकास बैंक लिमिटेड को शाखा विस्तार

 

पोखरा, २५ जेठ ।

गरिमा विकास बैंक लिमिटेडले जेष्ठ २४ गते प्रदेश नम्बर १ अन्र्तगतका झापा र मोरङ्गका विभिन्न ४ स्थानमा शाखा कार्यालयको उद्घाटन गरेको छ । विकास बैंकले झापाको विर्तामोड, बुधबारे र बनियानी तथा मोरङ्गको विराटचोक शाखाको उद्घाटन गरेको हो । \


विर्तामोड शाखाको उद्घाटन विर्तामोड नगरपालिकाका मेयर श्री ध्रुव शिवाकोटी, बुधबारे शाखाको बुद्धशान्ति गांउपालिकाका अध्यक्ष श्री रमेश कुमार भुजेल, बनियानी शाखाको कचनकवल गांउपालिकाका अध्यक्ष श्री अन्जार आलम र विराटचोक शाखाको सुन्दरहरैचा नगरपालिकाका मेयर श्री शिव ढकालले उद्घाटन गरेका हुन् ।

विकास बैंकले प्रदेश नं. १ अन्र्तगतका ८ वटा शाखा कार्यालय उद्घाटनको पूर्वसन्ध्यामा जेष्ठ २३ गते आर्कषक व्याजदर तथा विभिन्न सुविधासहित गरिमा दम्पति बचत खाता र गरिमा कर्मचारी बचत खाता समेत सञ्चालनमा ल्याएको प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले जानकारी दिए ।

You might also like

Comments are closed.