गरिमा विकास बैंक १२औं वर्षमा, ८ स्थानमा रक्तदान कार्यक्रम

आर्थिक आवाज
पोखरा, ९ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो स्थापनाको ११औं वर्ष पुरा गरी १२औं वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवको अवसरमा बैंकले देशका विभिन्न ८ स्थानमा रक्तदान कार्यक्रम सम्पन्न गरेको प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले जानकारी दिए ।

विकास बैंकले केन्द्रीय कार्यालय लाजिम्पाट काठमाडौं, शाखा कार्यालयहरु महेन्द्रपुल पोखरा, बुटवल रुपन्देही, बेनी म्याग्दी, नारायणगढ चितवन, बिराटनगर मोरङ, इटहरी सुनसरी र घोराही दाङमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । ८ स्थानमा भएको रक्तदान कार्यक्रमबाट ४ सय ३० युनिट रगत संकलन भएको छ ।

यसैबीच, बैंकको उद्गम स्थल स्याङजाको वालिङ शाखा कार्यालयमा सरसफाई कार्यक्रम सम्पन्न भएको ढकालले जानकारी दिए । वार्षिकोत्सवकै अवसरमा बैंकले शाखा बिस्तार गरेको छ । पोखराको बुद्धचोक शाखा कार्यालयको नेपाल राष्ट्रबैंक पोखरा शाखाका निर्देशक पोमनाथ गौतमले शुक्रबार एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन् । विकास बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा प्रत्येक वर्ष विभिन्न सामाजिक उत्तरदायित्वमुलक कार्यक्रमहरु गर्दै आइरहेको छ ।

गरिमा विकास बैंक लिमिटेड राष्ट्रियस्तरको विकास बैंक हो । काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको बैंकको हाल काठमाडौंमा ८ वटा शाखा सहित देशभर ६६ शाखा र १५ वटा एटीएम संचालनमा छन ।

विकास बैंकले छिट्टै नै पर्साको बीरगंज, चितवनको टांडी र मीलनचोक, दाङको तुल्सीपुर, बाँकेको कोहलपुर, कञ्चनपुरको महेन्द्रनगर, कास्कीको हेम्जा, नुवाकोटको बट्टार र लमजुङको बेसीशहरमा शाखा कार्यालय खोल्दैछ । बैंकले २४ अर्ब ५० करोड रुपैयाँ निक्षेप संकलन गरी २२ अर्ब रुपैयाँ कर्जा लगानी गर्न सफल रहेको प्रमुख कार्यकारी अधिकृत ढकालले जानकारी दिए ।

You might also like

Comments are closed.