गाउँपालिकाको सहयोगमा पवित्रा माविमा बस सञ्चालन

तनहुँ,२६ फागुन
सामुदायिक विद्यालयको शैक्षिक सुधार गर्न तनहुँको बन्दीपुर गाउँपालिकाले राम्रो काम गर्ने सामुदायिक विद्यालयलाई प्रोत्साहन गर्ने कार्यको थालनी गरेको छ । राम्रो कामलाई प्रोत्साहन गर्ने र नियम नमान्नेलाई कारबाही गर्ने नीतिले शैक्षिक क्षेत्र परिवर्तन गर्न सकिने विश्वासका साथ गाउँपालिकाले सो अभियान थालेको हो ।

सो कार्य अगाडि बढाउन गाउँपालिकाले बन्दीपुर–१,पिप्ले, स्थित पवित्रा माध्यामिक विद्यालयलाई बस सञ्चाल गर्न आर्थिक सहयोग गरेको छ । बन्दीपुर गाउँपालिकाको ६० प्रतिशत र विद्यालयको ४० प्रतिशत लगानीमा बस खरीद गरिएको हो । सामुदायिक विद्यालयमा बस सञ्चालन गर्ने यस विद्यालय गाउँपालिको पहिलो विद्यालय हो । ३९ सिट क्षमताको उक्त बस २९ लाख रुपैयाँमा खरिद गरिएको विद्यालय प्रधानाध्यापक रघुनाथ पण्डितले जानकारी दिए । टाढाबाट आउने विद्यार्थीलाई आवाजजावत गर्न सहज होस् र बोडिङ विद्यालयमा पढ्नु पर्ने बाध्यताको अन्त्य होस् भनेर बस सेवा सञ्चालनमा ल्याईएको व्यवस्थापन समितिका अध्यक्ष क्षितिज लामिछानेको भनाइ छ ।

विद्यालय वसको गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले आईतबार उद्घाटन गरे । विद्यालयमा ८ सय ८७ जना विद्यार्थी रहेका छन्  वस सञ्चालन गरेको अवसरमा विद्यालयको शैक्षिक, भौतिक ,आर्थिक गुणस्तर बृद्धिको निम्ति सहयोग पु¥याउनु हुने दिलमाया थापालाई सम्मान प्रदान गरिएको थियो ।

You might also like

Comments are closed.