गाउँ पर्यटन प्रबद्र्धन गर्ने भिटोफ अग्रस्थानमा

पोखरा, १३ चैत ।

गाउँ पर्यटन प्रबद्र्धन मञ्च नेपाल (भिटोफ) प्रदेश नं. ४ का अध्यक्ष रवीन्द्रराज पौडेलले गाउँ पर्यटन प्रवद्र्धनमा भिटोफ अग्रस्थानमा रहेको वताएका छन् ।
तनहुँको बन्दिपुरमा आयोजित एक कार्यक्रममा वोल्दै उनले प्रदेश नं. ४ भित्र रहेका कुनै पनि गाउँमा स्थानिय वासिन्दा सक्रिय भएर होम स्टे संचालन गर्न चाहन्छन् भने अवश्यक सहयोग गर्न भिटोफ तयार रहको वताएका छन् ।

पौडेलले शनिबार वन्दिपुर गाउँपालिका वडा नं. २ चण्डेनी, पिपलथोकमा रहेको वन्दिपुर सामुदयिक होम स्टेले आयोजना गरेको होम स्टे प्रबद्र्धन सम्मान तथा अभिनन्दन कार्यक्रममा उक्त कुरा व्यक्त गरेका हुन । सो अवसरमा दर्जन बढि सञ्चारकर्मी तथा प्रबद्र्धनमा सहयोग गर्ने व्यक्ति तथा संघ संस्थालाई सम्मान गरिएका थियो ।

कार्यक्रममा भिटोफ केन्द्रिय वरिष्ट सल्लाहाकार प्रा.डा. प्रेम शर्माले नेपालको हावापानी र वातावरण पर्यटन मैत्री भएकोले नेपालका हरेक क्षेत्र पर्यटकीय क्षेत्र भएको वताउँदै तर प्रचारप्रसारको अभावमा ओझेलमा परेको धारणा व्यक्त गरेका थिए ।

सोही अवसर पारर भिटोफका पदाधिकारीहरुले वन्दिपुर गाउँपालिका वडा नं. ५ कोरिखामा रहेको कोरिेखा सामुदायिक होम स्टेको अवलोकन भ्रमण समेत गरेको छ । भिटोफ प्रदेश नं. ४ का अध्यक्ष रवीन्द्रराज पौडेल, केन्द्रिय सल्लाहकार प्रा.डा. प्रेम शर्मा, दरबारथोक एड्भरटाईजिङका कृष्ण रानाभाटले अवलोकनको क्रममा स्थानिय वासीन्दाहरुलाई होम स्टेका प्रारम्भिक चरणहरु र भिटोफ संस्थाको वारेमा वताएका थिए ।

You might also like

Comments are closed.