गाउँ र शहर जोड्ने पुल सहकारी बन्नुपर्छः सांसद कोइराला

आर्थिक आवाज
पोखरा, २५ चैत ।

गण्डकी प्रदेश साँसद प्रभा कोइृरालाले गाँउ र शहरलाई जोड्ने पुलको रुपमा शहकारीले काम गनुपर्ने बताएकी छन् । गाँउका उत्पादनलाई शहरमा पु¥याउन पनि सहकारी संस्थाले सहयोग गर्नुपर्ने उनको भनाई छ । हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको भित्तेपात्रो विमोचन तथा नयाँँ वर्ष २०७६ सालको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् ।

राजनीति मूल नीति भएको र मूल नीति धमिलो भएका कारण सहकारी क्षेत्रमा समस्या आएको उनको भनाई छ । सहकारीका सात सिद्धान्तलाई कार्यान्वयन गरे सहकारी क्षेत्र थप व्यवस्थित बन्ने उनले बताइन् ।


संस्थाका निर्वतमान अध्यक्ष तथा नेपाल चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष किसान सुनारले सहकारीले आर्थिक रुपमा छलाङ मारेको बताए । समृद्ध नेपाल सुखी नेपाली बनाउन सहकारी क्षेत्रको महत्वपूर्ण भूमिका रहने उनले बताए । संस्थाका अध्यक्ष शिवप्रसाद सापकोटाले सहकारीले अझै राम्रो काम गर्दै जाने र नमुना सहकारी बन्नतर्फ लाग्ने बताए । साथै संस्थाका वरिष्ठ सल्लाहकार गिरीप्रसाद गुरुङले सहकारीले भावनात्मक सम्वन्ध विस्तार गरेर एक आपसमा विश्वास बढेको बताए । सल्लाहकार सुवास ढुङ्गानाले सामाजिक उत्तरदायित्व अन्तर्रगत सहकारीले विभिन्न सामाजिक काम गर्दै आएको बताए ।

भित्तेपात्रोका संयोजक गोकर्ण क्षेत्रीले संस्थाका गतिविधि झल्कने गरी भित्तेपात्रो ल्याएको बताए । सहकारीका संचालक समिति सदस्य कृष्ण प्रसाद तिमिल्सिना, नेपाल आयुर्वेद विभागको केन्द्रीय अधिवेशनबाट, केन्द्रीय सदस्य र गण्डकी प्रदेशकोे संयोजक पदमा निर्वाचित भएकोमा बधाई तथा शुभकामना व्यक्त गरिएको थियो ।

सहकारीका अध्यक्ष शिवप्रसाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष राधिका शाही योगी र संचालन सचिव नविन किरण भुसालले गरेका थिए । सहकारीको शेयर पुँजी ६ करोड ३१ लाख रुपैयाँ छ भने २३ करोड रुपैयाँ भन्दा धेरैको कारोवार रहेको छ । सहकारीले २१ करोड ५० लाख ऋण प्रवाह र निक्षेप संकलन १२ करोड रहेको छ ।

You might also like

Comments are closed.