गायक दिनेश गौतम पोखरामा भोलि गुञ्जिने

पोखरा, २ फागुन

गायक दिनेश गौतम पोखरामा गुञ्जिने भएका छन् । नेपाली गजल गायनमा छुट्टै पहिचान बनाएका गौतम भोलि शुक्रबार पोखरामा गुञ्जिने भएका हुन् । उनी पोखराको फेवा रिसोर्ट डिहिकोपाटनमा साँझ ५ बजेबाट गुञ्जिने आयोजकले जनाएको छ । फलैंचा स्पट कालिकास्थानको प्रस्तुतिमा हुन लागेको कार्यक्रममा गजल सन्ध्या पोखराले सहकार्य गरेको छ ।

पैसा गीतबाट चर्चामा आएका गौतमले पोखरामा झन्डै एक दर्जन गजल सुनाउने छन् । गौतमले काठमाडौं र पोखराका स्रस्टाका गजलसमेत गाएर माहोल तताउने छन् । पोखरेली गीत, गजल र संगीतका पारखीलाई गौतमले विशेष स्वाद चखाउने छन् । कार्यक्रमकको तयारी पूरा भइसकेको आयोजकले जानकारी दिएको छ । ‘दिनेश गौतम नेपाली गीत, संगीत र गजलको क्षेत्रमा विशेष पहिचान बनाएका व्यक्ति हुन्,’ कार्यक्रमको चाँजो मिलाइरहेका गजलकार बाबु त्रिपाठीले भने, ‘पोखरामा पहिलो पटक हुन महफिल विशेष अवसर बन्ने छ ।’

jutta mela

दशकअघि ‘पैसा कसले बनायो’ गीत गाएर चर्चामा आएका गौतम रुचाइएका गायक हुन् । गौतमको ‘म ईश्वर भएको भए’, ‘इमान बेचिदिन्छ मान्छे…’, ‘छाती भित्र पतझड राखेको छु.’, ‘हो यस्तै रहेछ माया’, ‘म मान्छे थिएँ’ लगायतका दर्जनभन्दा बढी गीत चर्चित छन्। गौतमको केही समयअघि मात्र बजारमा आएको नयाँ ‘बाँसै काटेर’ले चर्चा बटुलिरहेको छ । साहित्यमा पुस्तक प्रसादका नामले परिचित गायक गौतम पोखरामा हुने मेहफिलबाट पोखरेली पारखीलाई विशेष स्वाद चखाउन आतुर रहेको बताउँछन् । ‘पोखरामा मेरो यो पहिलो महफिल हो,’ गौतमले भने, ‘मेरा गीत, संगीत रुचाउने र साहित्य मन पराउने पोखरेलीलाई विशेष प्रस्तुति रहने छ ।

You might also like

Comments are closed.