गायिका तुलसी क्षेत्रीको “चामल चौलानी” सार्वजनिक

पोखरा, २५ चैत्र

पोखरालाई साङ्गीतिक कर्मथलो बनाएकी लोकदोहोरी गायिका तुलसा क्षेत्रीको नयाँ गीत “चामल चौलानी” सार्वजनिक भएको छ । ओम फाउण्डेशन नेपाल कास्कीद्वारा सोमबार अयोजित एक कार्यक्रममा उक्त गीतको म्युजिक भिडियोलाई लोकार्पण गरिएको हो ।

गण्डकी प्रदेश सभा सदस्य माननिय सांसद राजीव पहारीले म्युजिक भिडियो लोकार्पण गर्दै गण्डकी प्रदेश संस्कृति,कला र संगीतको राजधानी भएको बताएका छन् । उनले गण्डकी क्षेत्र लोककवि अलिमिया, धर्मराज थापा, बुद्धि परियार, हरिदेवि कोइराला, प्रजापति पराजुली, पुरुषोक्तम न्यौपाने, बिबि अनुरागी लगायतका श्रष्टाहरुको जन्मथलो भएको उल्लेख गर्दै यहाँका हरेक कलाकारको हकहितका निम्ती प्रदेश सरकार लागि पर्ने प्रतिबद्धता जनाए ।

फरक प्रसङग उठाउदै पाहरीले घट्दो फेवाताल आकारलाई बढाउने काम भईरहेको बताए । ‘फेवातालको आकार बढाउने काम भइरहेको छ’ , उनले भने,‘ मेरो एउटैमात्र संकल्प हो फेवातालको आकार बढाएरै छाड्ने, जुन काम म गरेरै छाड्छु ।’ पहारीले हामीले हाम्रो सँस्कृति बचाउने र यसको सम्बद्र्धनमा लाग्नुपर्ने बताए । त्यसका लागि प्रदेश सरकारमा पनि यहाँका कलाकारहरुको व्यावस्थापनका कुराहरु उठिरहेको उनले बताए । आफुले गण्डकी प्रदेशमा गीतसँगीतको प्रतिलिपी ऐन कानुन निर्माण गराएरै छाड्ने उनको प्रतिबद्धता थियो ।

चामल चौलानीका गीतकार एवम प्रसिद्ध संगीतकार बिबि अनुरागीले गीत नेपाली समाजमा पछिल्लो समय भईरहेको घटना सँग सम्बन्धित रहेको बताए । सोहि गीतमा तुलसीलाई स्वरमा पनि साथ दिएका अनुरागीले २०५१ सालदेखि आफु अनवरत रुपमा गीतसँगीतमै लागिरहँदा नेपाली साँगीतिक बजारको वर्तमान अवस्थाको चित्रण गरेका थिए । उनले गीतसंगीतलाई नेपाल सरकारले पनि नजिक बाट केलाउने बेला आएको बताए । अहिले यसक्षेत्रमा खर्च बढि आम्दानी कम भएकाले कलाकार विस्थापित भइरहेको उनको भनाई थियो । ‘कतिपय आशा लाग्दा कलाकारहरु विदेशीनु परेको छ’, उनले भने, ‘यसरी कलाकारिता क्षेत्रनै धरापमा पर्ने होकि भन्ने अहिलेको चिन्तन हो ।’

गीत संगीतको प्रमोशनमा पनि लाखौ खर्च गर्नुपर्ने प्रवृतिले कलाकार मारमा परिरहेको उनले बताए । उनले स्टेजबाटै दिवंगत पर्यटन मन्त्रि रविन्द्र अधिकारीलाई समेत सम्झिन भ्याए ।

कार्यक्रममा प्राज्ञ एवम बरिष्ठ लोकदोहोरी गायक प्रजापति पराजुलीले लोकार्पण गीत चामल चौलानी एक सामाजिक चेतनामुलक गीत रहेको बताए । उनले गीतमै कथा भेटिएको उल्लेख गरे । समाजमा त्यस्ता कैयन व्यत्ति छन जो सानो तिनो काम गरेर पनि मिठोनमिठो खाई पेट भरिरहेका छन् । सानो काम र ठूलो काम भनि जुन विवेध गर्ने प्रचलन छ नेपाली समाजमा त्यसलाई चिर्नुपर्ने उनको भनाई थियो । जस्मा यो गीतको महत्वपूर्ण भूमिका रहने उनले बताए ।

कार्यक्रममा बरिष्ठ लोकदोहोरी गायिका एवम संचारकर्मी शान्ति गुरुङले श्रष्टा परिचय गरेकी थिईन् भने गीतकार सुमन श्रापितले विमोचित गीतको बारेमा बोलेका थिए । फाउण्डेशनका महासचिव सुरेन्द्र गुरुङले स्वागत गरेको कार्यक्रममा श्रष्टाद्वय बिबि अनुरागी र तुलसी क्षेत्रीलाई सम्मान पत्र सहित सम्मान पनि गरिएको थियो । कार्यक्रम फाउण्डेशनकी कार्यवाहक अध्यक्ष उर्मिला खड्काको अध्यक्षतामा भएको हो ।

You might also like

Comments are closed.