गुड्ने साधनमा मात्रै होइन, अब उड्ने जहाजमा पनि मापसे नियम लागु

काठमाडौं, २० पुस । सार्वजनिक गाडी, कार, ट्याक्सी, मोटरसाइकलमा मात्रै होइन अब हवाई सेवामा समेत मादक पदार्थ सेवन (मापसे) नियम लागु हुने भएको छ । हवाई सुरक्षालाई देखाउँदै नेपाल वायु सेवा निगमले निगम भित्र मापसले नियम लागु गरेको हो । योसँगै अब हवाई सेवामा पनि अनिवार्य मापसे चेकिङ हुने भएको छ ।

निगमले हवाई सेवालाई थप सुरक्षित र भरपर्दो बनाउन मापसे चेकिङ अनिवार्य गरिएको जनाएको छ । निगमका नवनियुक्त प्रवक्ता तथा बरिष्ठ क्याप्टेन बिजय लामाले आफ्नो फेसबुकमार्फत निगममा पनि मापसे नियम अनिवार्य लागु गरिएको जानकारी दिएका छन् । आफ्नो स्टाटसमा लेखेका छन्, ‘हामी पाइलट र विमानमा काम गर्ने कर्मचारीहरुमा पनि मापसेचेकिङ हुन्छ कि हुन्न होला ? भनेर जिज्ञासा राख्ने धेरै पाएको छु ।’ त्यसमा म स्पष्ट पार्न चाहन्छु उड्डयन प्राधिकरणबाट प्राप्त निर्देशन अनुसार अनिवार्य मापसे जाँच हाम्रो निगम भित्र लागु भइसकेको अबगत गराउन चाहन्छु ।’

ट्राफिक प्रहरीले सवारीमा मापसे चेकिङमा कडाई गर्दै दुर्घटना कम गरेको भन्दै अब हवाई सेवामा पनि यस्तो नियम कडाईका साथ नै कार्यान्यन गरिने उनले बताएका छन् । यसले सबै खाले यात्रीलाई फाइदा पुग्ने उनको धारणा छ । लामाले फेसबुक स्टाटसमार्फत हवाई सेवामा मापसे चेकिङ समेत भइरहेको फोटो पोष्ट गरेका छन् ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.