गुप्तेश्वर महादेव गुफाको २३ औं साधारण सभा

पोखरा २९ पुस ।
पोखरा महानगरपालिका वडा नं. १७ छोरेपाटनमा रहेको नेपालकै नमुना पर्यटकिय स्थल गुप्तेश्वर महादेव गुफाको २३ औं साधारण सभा शनिबार सम्पन्न भएको छ ।
सभाको गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले उद्घाटन गर्दै स्वच्छ आचरण विनाको जिवनको कुनै मूल्य नभएको वताउँदै पुजा गरेर मात्र धर्म नकमाइने, धर्म कमाउन मनबाट कुविचार हटाउनु पर्ने वताए ।
राष्ट्रिय सभा सदस्य तथा स्थानिय वासिन्दा बृन्दा रानामगरले पोखरा र समग्र गण्डकी प्रदेश मै पर्यटकको उत्कृष्ठ गन्तव्य गुप्तेश्वर महादेव गुफा भएको वताईन् ।
सो अवसरमा प्रमुख संरक्षक तथा संस्थापक अध्यक्ष निर बिक्रम पौडेलले प्रारम्भिक अवस्थामा झेल्नु परेका कष्टको स्मरण गर्दै हाल एक हजार दुई सय ४० आजिवन सदस्य रहेको वताए ।

संस्थाका अध्यक्ष विष्णुप्रसाद पौडेलले अध्यक्षतामा सम्पन्न कार्यक्रममा पुर्व अध्यक्ष लिलाभक्त आचार्य, पोखरा–१७ का अध्यक्ष तिर्थराज अधिकारी, २२ का अध्यक्ष मित्रलाल बराल, २१ का अध्यक्ष खगराज आचार्य, स्वतन्त्र पत्रकार संघका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद वास्तोला, गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसका अध्यक्ष भुपती ढकाल कमल, गुप्तेश्वर महादेव वेद विज्ञान पाठशालाका प्राचार्य विजयराज आचार्य, नेकपाका सुबास ढुंगाना, नेपाली कांग्रेसका देबराज आचार्य, विश्वहिन्दु महासंघ कास्कीका अध्यक्ष शंकर खराल, छोरेपाटन माविका अध्यक्ष झपिन्द्रराज रेग्मी, आजिवन सदस्य श्रीराम सुवेदी, नारी उत्थान दिदिबहिनी समूहकी अध्यक्ष सावित्री घिमिरेले बोलेका थिए ।

सो समारोहमा गुप्तेश्वर भजन समितिमा रहेका ७० वर्ष उमेर कटेका १३ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो ।

You might also like

Comments are closed.