गुप्तेश्वर महादेव गुफाको महाआरतीमा गण्डकी प्रदेशका प्रमुख सहभागी

पोखरा । गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले पोखरा महानगरपालिका वडा नं. १७छोरेपाटनमा रहेको गुप््तेश्वर महादेवको पूजा एवम् महाआरतिमा सहभागी भएका छन् । साउनको दोश्रो सोमबार उनले विहान गुफामा रहेको महादेवकोमन्दिरमा विधिपूर्वक पूजाआजा गर्नुका साथै साँझमा भएको महाआरतिमा मुख्य कर्ताको रुपमा सहभागी भएका हुन् ।

सो अवसरमा मन्दिरका पुजारीद्वय तारानाथ आचार्य र गोकुल अधिकारीका साथै बटुकहरुले पूजा गराएका थिए ।

प्रदेश प्रमुखको स्वागतको लागि समितिका कार्यवाहक अध्यक्ष गोपाल बराल, उपाध्यक्ष ईश्वरी प्रसाद लम्साल, सचिव हरि लम्साल, पूजा उपसमिति संयोजक सीता बराल लगाएतका व्यवस्थापन समितिका पदाधिकारीले फूलमाला लगाएर स्वागत गरेका थिए । गुफामा साउन महिनाको हरेक सोमबार दर्शनार्थीको भिड लाग्छ भने शिवरात्रीका बेला विशेष मेला लाग्ने प्रचारप्रसार समितिका कृष्ण रानाभाटले वताए ।

गुफाले हरेक सोमबार साँझ साँढे छ बजेबाट गर्दै आएको महाआरतीमा भक्तजनहरुको उल्लेख्य उपस्थिति रहेको र कर्ताहुन चाहनेहरु नामदर्ता गरी आरतिमा सरिक हुँदै आएका कार्यलय प्रमुख नारायण पौडेलले बताए । गुप्तेश्वर महादेव गुफाको आम्दानीबाट गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस र गुप्तेश्वर महादेव वेद विज्ञान पाठशाला सञ्चालन हुँदै आएको उपाध्यक्ष ईश्वरी प्रसाद लम्सालले जानकारी दिए ।

You might also like

Comments are closed.