गुफा प्रचार गर्न सेभेन–ए–साइड

आर्थिक आवाज

पोखरा । कात्तिकको १० देखि १७ गतेसम्म पाँचौं संस्करणको भलाम खुल्ला सेभेन–ए–साइड फुटबल प्रतियोगिता हुने भएको छ । पोखरा महानगरपालिका – २० भलामको स्थानीय श्रृंखला युवा क्लबले श्रृंखला खेल मैदानमा प्रतियोगिता गर्न लागेको बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

चौथो संस्करणसम्मको प्रतियोगिता सफलताका साथ सम्पन्न गरिसकेकाले प्रतियोगितालाई निरन्तरता दिन लागिएको क्लबका अध्यक्ष निर्मल खत्रीले बताए । ऐतिहासिक एवं धार्मिक क्षेत्र हरिहर गुफाको प्रचार प्रसार र स्थानीय युवाहरुबीच भाइचारा बढाउन र उनीहरुलाई कुलतबाट कुलतबाट बचाउने उद्देश्यले क्लबले फुटबल प्रतियोगिताको आयोजना गर्दै आएको अध्यक्ष खत्रीको भनाई थियो । अध्यक्ष खत्रीका अनुसार प्रतियोगितामा करिब ४० टिमले सहभागिता जनाउने अनुमान गरिएको छ । प्रतियोगितामा विजेता टिमका लागि १ लाख, १ हजार १ सय ११ तथा उपविजेता टिमका लागि ५५ हजार ५ सय ५५ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार छ ।

टिम दर्ता शुल्क ६ हजार लाग्ने र कार्तिकको ८ गते बेलुकीसम्म टिम दर्ता गर्न सकिने आयोजक श्रृंखला क्लबले जनाएको छ । क्लबका अनुसार टिम दर्ता कन्फर्मेसनका लागि १ हजार नगद पेश्की स्वरुप बुझाउनु पर्नेछ । पोखरा महानगरपालिका वडा नं २० ले प्रतियोगिताको मुख्य प्रायोजन गर्ने जनाइएको छ । क्लबका अनुसार मुख्य प्रायोजक, सह–प्रायोजक, प्रायोजक, सहयोगी, ब्यानर र टिम दर्ता शुल्कबाट ७ लाख, ६६ हजार ६ सय ६६ रुपैयाँ आम्दानी र ७ लाख, ३६ हजार ६ सय ६६ रुपैयाँ खर्च हुने अनुमान छ । उक्त अवसर पारेर भलाममा जिल्लास्तरिय डोरी तान प्रतियोगितासमेत हुने डोरीतान संघका अध्यक्ष शंकर गौतमले जानकारी दिए ।

पछिल्लो समय जिल्ला खेलकुद विकास समिति अन्तरगत गठन भएको संघले यो सँगै दोस्रो पटक प्रतियोगिता आयोजना गर्न लागेको गौतमले बताए ।

You might also like

Comments are closed.