गुरुकुल विद्या सदनको अभिभावक दिवस

पोखरा,१८ फागुन
पोखरा–९ नयाँबजारस्थित गुरुकुल विद्या सदन माविको १३ औं वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम शनिबार सम्पन्न भएको छ । कार्यक्रमको गण्डकी प्रदेशका साँसद विन्दुकुमार थापाले एक समारोहका विच उद्घाटन गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दै साँसद थापाले विद्यालयहरुले अब किताबे ज्ञान मात्रै नभएर व्यवहारिक शिक्षामा पनि जोड दिनुपर्ने बताए । राष्ट्रको हरेक क्षेत्र विकासमा निजी क्षेत्रको भूमिंका महत्वपूर्ण भएको बताउँदै आफु जहिले पनि निजी क्षेत्रको हितका लागि उनको भनाई थियो ।

कार्यक्रमका वक्ताहरुले शिक्षा क्षेत्रमा विशेष अनुभव बटुलेका अनुभवि शिक्षकहरुद्वारा सञ्चालित गुरुकुल विद्यार्थीहरुका लागि राम्रो शिक्षालय बन्नेमा विश्वास व्यक्त गरे । कार्यक्रममा प्याब्सन कास्कीका अध्यक्ष प्रेम शर्मा, हिसान कास्कीका अध्यक्ष डा.रामजी शर्मा, नेपाल राष्ट्रिय शिक्षक संगठनका पूर्व उपाध्यक्ष दिपक पौडेल, शिक्षक बद्रिप्रसाद पंगेनी लगायतले बोलेका थिए ।

सो अवसरमा विद्यार्थीहरुले साँस्कृतीक कार्यक्रम तथा अतिरिक्त क्रियाकलापको प्रदर्शन गरेका थिए । विभिन्न विधामा उत्कृष्टा हाँसिल गरेका विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । विद्यालयका संस्थापक अध्यक्ष ई.धर्मराज कोइरालाको सभाध्यक्षमा भएको समारोहमा विद्यालयका प्रधानाध्यापक अच्युत पाण्डेले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

You might also like

Comments are closed.