गुरुकुल विद्या सदनमा अनलाईन बाट पठनपाठन शुरु

पोखरा
पोखराको नयाँ बजारमा रहेको गुरुकुल विद्या सदन सेकेन्डरी स्कुलले अनलाइन बाट पठनपाठन शुरु गरेको छ । पोखरामा लामोे समय अध्यापन गरिसकेका अनुभवी तथा प्रतिष्ठित व्यक्तीहरुले संचालन गरेको विद्यालय हो गुरुकुल विद्या सदन । लकडाउनका कारण विद्यार्थीको पढाई प्रभावित भएपछि विगत १ हप्ता देखी विद्यालयले अनलाईन मार्फत कक्षा संचालन गरेको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष धर्मराज कोईरालाले जानकारी दिए ।

विद्यालयमा अध्ययनरत कक्षा १० ११ र १२ का करिव ३ सय विद्यार्थीलाई अनलाईबाट अध्यापन गराईएकोे विद्यालयका प्राचार्य अच्युत पाण्डेले जानकारी दिए ।

२०६३ सालमा स्थापना भएको विद्यालयले प्लस टु तर्फ ११ र १२ मा साईन्स, म्यानेजमेन्ट र होटल म्यानेजमेन्टमा कक्षा संचालन गरिरहेको विद्यालयका प्लस टु संयोजक रवि कार्कीले जानकारी दिए ।

You might also like

Comments are closed.