गुरुङ ब्युटी पार्लरमा छालाको निशुल्क परिक्षण सम्पन्न

पोखरा, १९ जेठ ।

पोखरा न्यूरोडमा रहेको गुरुङ ब्युटी पार्लर एण्ड एकेडेमीमा एक दिने निःशुल्क छाला तथा चर्म रोग परिक्षण शिविर सम्पन्न भएको छ । पोखरामा ब्युटी इन्ष्टिच्युटद्वारा पहिलो पटक यस्तो बृहद छाला तथा चर्म रोग परिक्षण गरिएको हो । शो शिविरबाट करिब ३ सय जनाले लाभ लिएका छन् ।

नेपाल स्किन केयर सेन्टर काठमाडौको सहयोगमा गरिएको उक्त कार्यक्रममा सो अस्पतालका छाला रोग चिकित्सक डा. अनुपमा कार्की र डा.स्वेता रन्जितकारले स्वास्थ्य परिक्षण गरेका थिए ।

गुरुङ ब्युटी पार्लर एण्ड एकेडेमीका अध्यक्ष एवम महिला उद्यमी चिनु गुरुङले आफ्नो छाला परिक्षणका लागि ९० प्रतिशत महिला र १० प्रतिशत पुरुष आएको बताइन । “पोखरामा यति बेला अझै आफ्नो छालाको उचित संरक्षण गर्न चेतनाको कमी छ ।” उनले थपिन –“यो वृहद कार्यक्रमका माध्यमद्वारा सबैमा चेतना जगाउन पनि सहयोग पुगेको छ ।” सौन्दर्यकर्मी गुरुङले पोखरामा उपचार हुन नसक्ने छालाका बिरामीहरुलाई नेपाल स्किन केयर सेन्टर काठमाडौमा सिफारिस गर्ने गरेको बताइन् ।

नेपाल स्किन केयर सेन्टर काठमाडौकी ब्यवस्थापक समिन मर्हजनले काठमाण्डौमा हरेक महिना यस्तो शिविर हुने गरे पनि मोफसलमा यस्तो वृहद कार्यक्रम खासै नभएके बताईन् ।

You might also like

Comments are closed.