गुल्मी बाढी पीडितलाई आर्थिक सहयोग

पोखरा । लायन्स क्लब अफ पोखरा फेवा फिस्टेल सिटीले गुल्मी जिल्लाका बाढी पीडितलाई राहत वितरण गरेको छ । क्लबले ५५ हजार १ सय रुपैयाँ मंगलबार एक कार्यक्रमका बीच हस्तान्तरण गरेको हो ।

गुल्मी पोखरा सम्पर्क समाजका अध्यक्ष नेत्र ज्ञवालीलाई कार्यक्रमका प्रमुख अतिथि लायन्सका डिष्ट्रिक्ट एडभाइजर परमेश्वर बरालले सहयोग हस्तान्तरण गरे । क्लबका अध्यक्ष विष्णुप्रसाद उपाध्यायको अध्यक्षतामा आयोजित कार्यक्रमको संयोजन धर्मदत्त शर्माले गरेका थिए ।

कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष एकनारायण शर्मा, गुल्मी सम्पर्क समाजका सचिव कमल न्यौपाने लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन सचिव जर्नादन सुवेदीले गरेका थिए । बाढी पीडितहरुलाई थोरै भएपनि राहत होस् भन्ने उद्देश्यले सहयोग गरिएको पूर्व अध्यक्ष केदार ढकालले जानकारी दिए ।

You might also like

Comments are closed.