गुहेश्वरी मर्चेण्ट फाईनान्स एससिटि नेटवर्कमा आवद्ध

गुहेश्वरी मर्चेण्ट बैकिङ एण्ड फाईनान्स लिमिटेड स्मार्ट च्वाइस टेक्नोलोजिज (एससिटि)संग आबद्ध भएको छ । फाईनान्सका ग्राहकलार्ई विविध भुक्तानी उपकरण र डिजिटल भुक्तानीका सेवा उपलब्ध गराउने उदेश्यले आइतबार दुई संस्था बीच औपचारिक सम्झौता सम्पन्न भएको छ ।

सम्झौतामा एससिटिका तर्फबाट का.मु.प्रमुख कार्यकारी अधिकृत दिपेश मास्के र गुहेश्वरी फाईनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठले हस्ताक्षर गरेका हुन् । यसबाट गुहेश्वरी मर्चेण्ट बैकिङ एण्ड फाईनान्स लिमिटेडका ग्राहकलाई विविध आवश्यकता बमोजिम छिटो÷छरितो, मितव्ययी र सरल ढंगले बैकिङ सेवा र सुविधाहरु प्राप्त हुनेछन ।

परम्परागत प्रणालीलाई विस्थापित गर्दै नगद रहित आधुनिक भुक्तानी प्रणालीको विकास र प्रवर्धन गर्ने स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडको लक्ष्य बमोजिम बैंक तथा वित्तीय संस्थाहरुलाई यस्ता सेवा र सुविधा उपलब्ध गराउदैं आएको बताइएको छ । डिजिटल प्रविधिमा अभ्यस्त हुँदै गएका बैकिंङ क्षेत्रका ग्राहकको बढ्दो आवश्यकता पूरा गर्न यस प्रकारका सहकार्य सहयोगी हुने अपेक्षा दुबै कम्पनीले गरेका छन ।

You might also like

Comments are closed.