पोखरा, ५ पुस
थ्री एन्जल्स नेपालले गण्डकी प्रदेशबाट गैसस महासंघ नेपाल नवौँ महाधिवेशनबाट नवनिर्वाचित केन्द्रिय पदाधिकारीमा चयन भएका पदाधिकारीलाई एक कार्यक्रमको आयोजना गरी बधाई, शुभकामना तथा सम्मान गरेको छ ।
उद्धार रोकथाम र पुर्नस्थापनाको माध्यमबाट मानवबेचविखन विरुद्ध सक्रिय संस्था थ्री एन्जल्सले गैसस महासंघ नेपाल केन्द्रिय महासचिव राम प्रसाद सुवेदी, सचिव देबि तिमील्सीना, गण्डकी प्रदेश सहइन्चार्ज तथा केन्द्रिय सदस्य एवं बालगृहहरुको महासंघ नेपालका बरिष्ठ उपाध्यक्ष गोमा ढकाल र बालगृहहरुको महासंघ नेपालका महासचिव बिजय कुमार प्रधानलाई बधाई, शुभकामना तथा सम्मान गरिएको संस्थाका सचिव गणेश कुमार श्रेष्ठले जानकारी दिए ।
संस्थाको कार्यलयमा आयोजना गरिएको कार्यक्रममा थ्रि एन्जल्स नेपालका संस्थापक अध्यक्ष तथा सिइयो डा राजेन्द्र कुमार गौतमले नवनिर्वाचित पदाधिकारीलाई बधाइ, शुभकामना तथा सम्मान ब्याक्तगदै आफ्नो सस्थाले दुई दशक अघि देखेको सपना पुरा हुने बताए । उनले नेपाल र भारतको खुल्ला सिमा बन्द गर्ने हो भने ८० प्रतिशत मानवबेचविखन रोकिने भन्दै गैससले त्यो पहल गरिदिन आग्रह गरे ।
सम्मानित व्यतित्व तथा गैसस नेपालका महासचिव रामप्रसाद सुवेदीले अव गैससले आफ्नो पहिचानको लागी आवाज उठाँउने बताए । नागरीक समाज केही सुस्ताएको जस्तो देखीएकाले अव गैससले मेची महाकाली अभियानको योजना लिएको बताए । उनले मानव बेचविखन रोक्नको लागी नेपाल भारतको खुल्ला सिमा बन्द गर्ने अभियानको अवाज पनि गैससले उठाउने बताए।
कार्यक्रममा गैसस महासंघका सचिव देवी प्रसाद तिमिल्सीनाले पहिलो पटक गण्डकी प्रदेशले नेतृत्व गर्ने अवसर पाएकोले नमुना गैसस बनाउने योजना भएको बताए ।
गण्डकी प्रदेश सहइन्चार्ज गोमा ढकालले कुनै कुनै संस्थाको बदमासीले सबै संस्थालाई बदनाम गरेको बताउदै यसको लागी पनि गैससले भुमिका खेल्नुपर्ने बताईन् । बालगृहहरुको महासंघ नेपालका महासचिव बिजय कुमार प्रधानले बालबालिकाको लागि अझै पनि कानुनि जटिलता रहेको भन्दै कानुननै बालमैत्री बनाउनुपर्ने बताए ।
कार्यक्रममा गैसस महासंघ कास्कीका अध्यक्ष पदमराज पहारी, पुर्व अध्यक्ष कृष्ण प्रसाद बराल तथा कास्कीका पदाधिकारीहरु र थ्रि एन्जल्स नेपालका विभिन्न विभागका प्रमुखहरुको सहभागीता रहेको थियो । थ्रि एन्जल्स नेपालका अध्यक्ष शारदा खत्री गौतमको अध्यक्षामा सम्पन्न भएको कार्यक्रमको संचलन प्रशासकिय सचिव भिम प्रसाद पौडलले गरेका थिए ।
Comments are closed.