पोखरा । समाजसेवी स्व. गोपाल गुरुङको प्रथम स्मृति दिवस एक समारोहको आयोजना गरी मनाइएको छ । पोखरा रंगशाला अगाडि रहेको पञ्चकोशी समाज घरमा उक्त कार्यक्रमको आयोजना गरिएको हो । गत वर्ष काठमाडौंमा ६२ वर्षको उमेरमा उपचारको क्रममा उनको निधन भएको थियो ।
पञ्चासे क्षेत्रको समग्र विकासको निम्ती बिगत तीन दशकदेखि निरन्तर लागेका गुरुङलाई सधै जिवित राख्नको लागि पञ्चासेसंग सरोकार राख्ने विभिन्न संघसंस्था, समाज र गन्यमान्य व्यक्तिहरुको सुझाव अनुसार पञ्चासेमा गोपाल स्मृति पार्क निमार्ण गर्ने निर्णय भएको थियो । सो पार्क निर्माणको लागि क्या. हितमान गुरुङको अध्यक्षतामा एघार सदस्यीय गोपाल पञ्चासे स्मृति पार्क निमार्ण उपभोक्ता समिति गठन गरिएको थियो ।
प्रथम स्मृति दिवस सोही समितिको आयोजना मनाइएको हो । आप्mनो सारा जीवन समाजसेवामा बिताएका गुरुङ जीवनको पूर्वार्धमा राजनीतिज्ञ थिए । उनले पञ्चायतकालमा प्रधानपञ्च र बहुदलीय व्यवस्था आए पश्चात समेत गा.वि.स. अध्यक्षमा निर्वाचित भइ गाउँ र जनताको सेवा गरे । उनी अति लोकप्रिय नेता थिए ।
उनको नेतृत्वकालमा गाउँमा खाने पानी, सडक, सिंचाइ, हेल्थपोष्ट, वनसंरक्षण जस्ता अनेक विकासका कार्यहरु सम्पन्न भएका थिए । २०५४ पश्चात उनको ध्यान पञ्चासे क्षेत्रतर्फ गयो र सकृय राजनीतिदेखि थौरै पर रहेर पूर्णरुपमा समाजसेवी भइ धार्मिक र पर्यटकीय दृष्टिकोणले अति महत्व बोकेको पञ्चासेको विकासमा दत्तचित्त भइ लागे ।
पञ्चासे वरपरका विभिन्न संघसंस्था र सरोकारवाला निकायहरुसंग आवद्ध भइ गुरुयोजना बनाउनुका साथै पञ्चासेलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा पहिचान गराउने कार्यमा उनको मुख्य भूमिका छ ।
भौतिक दुरी कायम गरेर आयोजित उक्त समारोहमा विभिन्न संघसंस्था र महत्वपूर्ण व्यक्तित्वहरुको उपस्थिति थियो । कार्यक्रममा सहसचिव दिल बहादुर भट्टराईले कार्यप्रगतिबारे बताएका थिए । अध्यक्ष क्य. हितमान गुरुङले पार्क निर्माणको लागि संघीय, प्रदेश र स्थानीय सरकारसंग पनि समितिले आर्थिक सहयोगको लागि पहल गरिरहेको बताए ।
सम्बोधनको क्रममा पञ्चासे बुद्ध विहारका प्रमुख मिन गुरु, शिक्षा सेवी शेर बहादुर गुरुङ, बाह्बीसे पंैगिलामा परिवार पोखराका अध्यक्ष ना.सु. कुल बहादुर गुरुङ र समितिका सचिव चिजकाजी गुरुङले स्व. गोपाल गुरुङको योगदानको चर्चा गरेका थिए । कार्यक्रममा स्मृति पार्क निमार्णार्थ सहयोग स्वरुप उनको परिवार, चेलिबेटी, विभिन्न संघसंस्थाा र व्यक्तिहरुद्वारा रकम हस्तान्तरण गरिएको थियो ।
Comments are closed.