गोपीलाई नेप्लीज इन्काउण्टर कपको उपाधी

 

पोखरा, ३१ असार ।

गोपीबहादुर भट्टराइले नेप्लीज इन्काउण्टर पोखरा ओपन भेट्रान टेनिस प्रतियोगिताको उपाधी जितेका छन् । कास्की जिल्ला टेनिसको मासिक कार्यक्रम तथा नेप्लीज इन्काउण्टरद्वारा आयोजित प्रतियोगिताको आइतबार पोखरा रंगशालामा भएको फाइनल खेलमा विकास गुरुङलाई पराजित गदै भट्टराईले सो उपाधीमा आफ्नों नाम लेखाएका हुन् ।

पहिलो सेटमा ६–३ ले पराजित भएका विकासले दोश्रो सेटमा भट्टराईलाई ६–३ कै जवाफ फर्काएका थिए । तर सुपरटाईमा अग्रता कायम गरेको खेल समेत जोगाउन नसक्दा गुरुङले उपविजेतामै चित्त बुझाउन प¥यो । मन्थ्ली टेनिसमा भट्टराईको यो दोश्रो उपाधी हो । यसअघि पहिलो संस्करणको प्याराडाइज कपमा उनी विजेता तथा तेश्रो संस्करणको मेसुका कपमा उनी उप–विजेता बनेका थिए ।

विजेता खेलाडीहरुलाई प्रतियोगिताको मुख्य प्रायोजक नेप्लीज इन्काउण्टरका प्रोपाइटर नारायण पहारी, कास्की जिल्ला टेनिस संघका अध्यक्ष विनोद कायस्थ लगायतले नगद सहित ट्रफि पुरस्कार प्रदान गरेका थिए । संघ कास्कीका सचिव लोक गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।

footwear
सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...