गोरु काटेको आरोपमा २ जना पक्राउ

पोखरा । गोरु काटेको आरोपमा प्रहरीले २ जनलाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका ३३ छप्ल्याङ चालिसेमा गोरु काटेको भन्ने खबर प्राप्त भएपछि घटनास्थलमा पुगी २ जनालाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।

पोखरा महानगरपलिका ३२ लामे आहाल बस्ने वर्ष २७ को अनिस भुजेल र सोही स्थानका छप्ल्याङ बस्ने वर्ष ३७ को संजय कार्कीलाई काटेको मासु र पुछार सहित प्रहरीले पक्राउ गरेको छ ।

You might also like

Comments are closed.