गोर्खाली लोक ताराको फाइनल प्रतिस्पर्धा शनिबार, तयारी पुरा

पोखरा, १५ चैत । गोर्खाली रेडियोद्वारा आयोजित ‘गोर्खाली लोक तारा–२०७४’ को तयारी पुरा भएको छ । लोक ताराको फाइनल राउण्ड शनिबार पोखरा उद्योग वाणिज्य संघमा हुँदैछ ।

रेडियोको ८औं वार्षिकोत्सवको अवसरमा कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक तथा रेडियोका स्टेनस म्यानेजर खिमा गुरुङले जानकारी दिइन् । ‘कार्यक्रमको तयारी पुरा भएको छ,’ उनले भनिन्, ‘फाइनल राउण्डबाट गोर्खाली लोक तारा छनोट गर्नेछौं ।’

फाइनल राउण्डमा १० जनाले प्रतिस्पर्धा गर्ने उनले बताइन् । २० जिल्लाका ५० जना प्रतिस्पर्धी सहभागी प्रतियोगितामा यस अगाडिका दुई वटा राउण्डबाट उत्कृष्ट १० जना छनोटमा परेको गोर्खा सञ्चार सहकारीका अध्यक्ष शशी तुलाचनले जानकारी दिइन् ।

कार्यक्रमलाई हङकङ व्युटी इन्स्टिच्युट प्रालि, क्लारा इन्टरनेशनल व्युटि कलेज, र हङकङ युनिसेक्स सैलुनले मुख्य प्रायोजन गरेको छ । सहप्रायोजकमा मिलन फाउण्डेसन नेपाल तथा मिलन डिजी प्रालि, कसौडी रेस्टुरेन्ट एण्ड फ्रेस हाउस छन् । त्रिवेणी संंगीतालयको विशेष सहयोग छ । फाइनल राउण्डमा लोकदोहोरी गायिका शर्मिला गुरुङको विशेष प्रस्तुति रहने बताइएको छ ।

You might also like

Comments are closed.