गोल्डेन चौतारीको अध्यक्ष बने लक्ष्मीनारायण

पोखरा, १६ चैत । लायन्स क्लब अफ पोखरा गोल्डेन चौतारीको लायन वर्ष २०१९÷२०को अध्यक्षमा लक्ष्मी नारायण देवकोटा निर्वाचित भएका छन् । शनिबार भएको क्लबको निर्वाचनबाट देवकोटाको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको निर्वाचन कमिटिका सदस्य तथा क्लबका सस्थापक अध्यक्ष दिनबन्धु पौडेलले जानकारी दिए ।

लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ बि १ का चिफ पिआरओ परमेश्वर बरालको प्रमुख आतिथ्यतामा इलेक्सन भएको हो । क्लबको प्रथम उपाध्यक्षमा सूर्यबहादुर कार्की, द्वितीय उपाध्यक्ष पुष्पराज पौडेल, तृतीय उपाध्यक्ष पवन जिसी, सचिव शालिकराम लामिछाने, सहसचिव किशोर अधिकारी, कोषाध्यक्ष जमुना गुरुङ, सहकोषाध्यक्ष सुनिता गुरुङ, एमसिपि तोयानाथ आचार्य, टेमर योगेन्द्र बस्नेत, पिआरओ नारायण बराल, टेलटुइस्टर निर्मल खाँड सर्बसमम्त निर्वाचित भएको नवनिर्वाचित अध्यक्ष देवकोटाले जानकारी दिए ।

कार्यक्रममा डिष्ट्रिक्ट एड्भाइजर तथा क्लबका पूर्व अध्यक्ष किशोर बराल, डिष्ट्रिक्ट जोन चियर पर्सन तथा क्लबका पूर्व अध्यक्ष प्रमोद पौडेल, पूर्व अध्यक्षहरु गोपिनाथ बराल, राजेश्वर आचार्य, शालिग्राम देबकोटा, निबर्तमान अध्यक्ष कुमार आचार्य लगायतले बोलेका थिए ।

You might also like

Comments are closed.