गौतम होलिडेजद्वारा फोटो प्रतिस्पर्धाको बिजेता घोषणा

काठमाडौं ।

गौतम होलिडेज प्रा.लि.ले २६ बैशाखमा घोषणा गरेको फोटो प्रतिस्पर्धाको बिजेता घोषणा गरेको छ । घुमेको ठाउँको फोटो पठाएर टुर प्याकेज जित्ने योजना अन्तर्गत कम्पनीले उत्कृष्ठ १० बिजेताको नाम सार्वजनिक गरेको हो ।

यस प्रतिस्पर्धामा करिब ५ सय जना सहभागी थिए । जसमध्ये ४१ जना सर्ट लिस्टमा पर्न सफल भएका थिए । ४१ जनामध्येबाट १० जना बिजेता घोषणा कम्पनीले गरेको हो ।

कम्पनीले फेसबुक पेजमा राखिएको फोटोको लाईक, कमेन्ट र सेयरको आधारणमा बिजेता घोषणा गरिएको कम्पनीका अध्यक्ष उत्तम गौतमले जनाकारी दिए । बिजेताहरुमा उस्मा सिजापती, सलिना कालाखेती, आयुष्मा नेपाल, विशेष प्रधान, काजोल खेतान, विनोद श्रेष्ठ, उस्मा स्थापित, काजी श्रेष्ठ, सागर दाहाल र सृजना केसी रहेका छन् । बिजेतालाई १ रात २ दिनको टुर प्याकेज प्रदान गरिने गौतमले बताए ।

गौतम होलिडेज आन्तरिक पर्यटन प्रवद्र्धनमा अग्रणी कम्पनी हो । कम्पनीले नेपालभित्र मुस्ताङ, रारा, तिलिचो, कालिञ्चोक, चित्लाङ, सैलुङ लगायतका टूर प्याकेजका साथसाथै बिदेशको टूर प्याकेजको सेवा प्रदान गर्दै आएको छ ।

You might also like

Comments are closed.