ग्यालेक्सी हस्पिटल बिरामीको लागि छाता हो, जहाँ बिरामीले सबै सेवा पाउँछन्ः थापा (भिडियोसहित)

दीपेन थापा, प्रवन्ध निर्देशक, ग्यालेक्सी हस्पिटल प्रा.लि.

पोखराको उत्तमचोकमा २०७६ माघ १ गतेबाट सञ्चालनमा आएको ग्यालेक्सी हस्पिटल प्रा.लि.ले १४ जना विशेषज्ञ चिकित्सकहरुको आबद्धतामा स्वास्थ्य सेवा प्रदान गरिरहेको छ । बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म सेवा प्रदान गरिरहेको हस्पिटलमा बरिष्ठ तथा अनुभवी चिकित्सकहरुको आबद्धता रहेको प्रवन्ध निर्देशक दीपेन थापा बताउँछन् । सरल तथा सहज तरिकाले बिरामीलाई सेवा प्रदान गरेकै कारण छोटो समयमा नै हस्पिटल लोकप्रिय बनेको थापाको दावी छ । अस्पिटलले प्रदान गर्ने सेवाहरुका विषयमा केन्द्रित रहेर थापासँग आर्थिक आवाजले गरेको कुराकानीः

ग्यालेक्सी हस्पिटलले के–कस्ता सेवा सुविधा प्रदान गरिरहेको छ ?

आइसियु, पोष्ट अप, ओटी, कार्डिक, जनरल वार्ड, क्याविन, लगायतका सेवा छन् । सबै वार्ड राम्रोसँग संचालन भएका छन् । विश्वसनीय ल्याब पनि छ । एनआईसियु र पिआईसियु संचालनको तयारीमा छौं । यसका लागि आवश्यक पुर्वाधार निर्माण गरिसकेका छौं । यससँग सम्वन्धित विशेषज्ञहरु पनि हुनुहुन्छ । छिट्टै नै यी सेवा पनि सञ्चालनमा आउनेछन् । प्रत्येक विभागमा कम्तिमा पनि २ जना चिकित्सकको व्यवस्था हामीले गरेका छौं । कोही पनि बिरामी अस्पताल आइसकेपछि चिकित्सकलाई कुर्न नपरोस भन्ने हाम्रो उद्देश्य हो । छोटो समयमा नै उपचार गरेर बिरामी फर्कन सक्नुहुन्छ । बिरामीले सहज रुपमा आएर अस्पतालका सेवा लिने वातावरण बनाएका छौं ।

विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ ले कस्तो असर पारेको छ ?

हस्पिटल माघबाट सञ्चालनमा आयो । फागुनमा हामी बामे सर्दै थियौं । चैतबाट लकडाउन भयो । कोभिड–१९ का कारण अन्य बिरामीलाई केही असहज भएको छ । समयमा नै अस्पताल आउन पनि समस्या छ । कोरोनाको डरले पनि केही बिरामी अस्पताल नगएको अवस्था छ । यसले गर्दा केही असहज अस्पताललाई पनि भएको छ ।

हस्पिटलमा विशेष गरी कुन क्षेत्रका बिरामी आउनुहुन्छ ?

पोखरा मात्र नभई गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट बिरामी आएर उपचार गराइरहनुभएको छ । हामी प्रतिको विश्वासका कारण नै टाढा टाढाबाट पनि बिरामी आउनुभएको हो भन्ने लाग्छ ।

अन्त्यमा के भन्नुहुन्छ ?

ग्यालेक्सी बिरामीको लागि एक छाता हो । जुन छातामुनी बिरामीले सबै सेवा लिन सक्नुुहुनेछ । विभागीय चिकित्सकद्वारा सेवा प्रदान गरिरहेका छौं । १२ घण्टा ओपिडी संचालन हुन्छ भने आकस्मिक कक्ष जुनसुकै बेला पनि खुला हुन्छ । निकट भविष्यमा नै २४ सै घण्टा विशेषज्ञ सेवा प्रदान गर्ने तयारीमा हामी छौं । फरक तरिकाले सेवा सञ्चालन गरेर फरक ढङ्गले अगाडि बढ्ने हस्पिटलको सोच हाम्रो छ ।

You might also like

Comments are closed.