ग्राण्ड कन्सर्ट र एजुकेसन फेयर असार ७ गते, साथमा मिस एसइइको फाइनल

आर्थिक आवाज
पोखरा, १२ जेठ । पोखरामा ‘द ग्राण्ड कन्सर्ट एण्ड एजुकेसनल फेयर’ असार ७ गते शनिबार हुने भएको छ । गीतसंगीत, मनोरञ्जनको साथमा परामर्श सेसनसहित कार्यक्रम हुने आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्था फिनेफी इभेन्ट म्यानेजमेन्ट ग्रुपका इभेन्ट म्यानेजर बालचन्द्र परियारले जानकारी दिए ।

पोखरा सभागृह हलमा बिहान १० देखि साँझ ५ बजेसम्म कार्यक्रम हुने परियारले जानकारी दिए । अभिभाबक, विद्यार्थी र विदेशी कलेजका प्रतिनिधिलाई एउटै थलोमा जमघट गराएर कार्यक्रम गरिने उनले बताए । ‘कार्यक्रमको मुख्य आकर्षण कर्ण दासको स्वर बन्नेछ,’ परियारले भने, ‘फरक शैलीमा फेयर आयोजना गर्ने लागेका छौं ।’

इभेन्ट्स फर यु कम्पनीको छैटौं प्रस्तुति मिस एसइइको अन्तिम प्रतिस्पर्धा पनि सोही फेयरमा समायोजन गरिएको इभेन्ट फर युका प्रवन्धक विशाल गुरुङले जानकारी दिए । राष्ट्रिय तथा स्थानीय अन्य कलाकारहरुको प्रस्तुति पनि उक्त अवसरमा रहने बताइएको छ । कार्यक्रम सम्पन्न गर्न १२ लाख रुपैयाँ लाग्ने आयोजकको विश्वास छ ।

You might also like

Comments are closed.