ग्राबेल अनलोड गर्दा टिप्पर पल्टियो, चालकको मृत्यु

आर्थिक आवाज
पोखरा, २४ मंसिर । सिरानचोक गाउँपालिका–२ थालाजुङ गोरखामा टिप्पर पल्टदा चालकको मृत्यु भएको छ । बिहान १०ः३० बजे ना१क ६४७७ नम्बरको टिप्पर पल्टिएको प्रादेशिक प्रहरी कार्यालय गण्डकीले जनाएको छ ।

भित्री सडक खण्डमा ग्रावेल अनलोड गर्ने क्रममा अनियन्त्रित भइ पल्टिदा टिप्पर चालक वर्ष ३२ का वीर बहादुर स्याङताङको मृत्यु भएकोह हो । उक्त स्थानमा तत्कालै प्रहरी टोली खटिई घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

You might also like

Comments are closed.