ग्रीन डेभलपमेण्ट बैंकको वित्तीय साक्षरता कार्यक्रम

पोखरा, १८ माघ

ग्रीन डेभलपमेण्ट वैंक लि.तालचोक शाखाले पोखरा महानगरपालिका २७ तालचोकमा रहेको त्रिवेणी इन्टरनेशनल कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुको सहभागिता थियो ।

कार्यक्रममा त्रिवेणी इन्टरनेशनल कलेजका व्यवस्थापन समितिका अध्यक्ष वावुराम गिरिले यस्ता साक्षरता कार्यक्रमले व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थी प्रत्यक्ष लाभान्वीत हुने अपेक्षा गरेको वताए । सोही कार्यक्रममा वोल्दै त्रिवेणी इन्टरनेशनल कलेज, विद्यार्थी कल्याणकारी समितिका संस्थापक अध्यक्ष कमल गौतमले व्यवहारिक ज्ञान अभिवृद्धीको लागि साक्षरता कार्यक्रमले टेवा पु¥याउने वताए ।

वित्तीय साक्षरता कार्यक्रममा ग्रीन डेभलपमेण्ट बैंक तालचोक शाखाका शाखा प्रवन्धक सुशिल पौडेलले बैंकवाट हुने कर्जा प्रवाह, नगदको सुरक्षा, सम्पत्ती शुद्धीकरण, एटिएम कार्ड, बचत लगायतका विषयमा प्रशिक्षण दिएका थिए । आगामी दिनहरुमा पनि यस किसिमका वित्तीय साक्षरता कार्यक्रमका साथै विद्यार्थीहरुको ब्यवहारिक ज्ञान अभिवृद्धीका लागि इन्टर्न्शिप, जेहेन्दार विद्यार्थीलाई रोजगारी लगायतका विषयमा समन्वय गर्न सकिने बैकका प्रमुख कार्यकारी अधिकृत उमेश आचार्यले बताए ।

You might also like

Comments are closed.