ग्रीन डेभलपमेण्ट बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम

 

पोखरा, १३ बैशाख

ग्रीन डेभलपमेण्ट वैंक लि.तालचोक शाखाले पोखरा महानगरपालिका २७, रिठ्ठेपानीमा रहेको राईजिङ स्टार युथ क्लवसँगको समन्वयमा पोखरा–२७, रिट्ठेपानीमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथी तथा पोखरा महानगरपालिका वडा नं २७ का वडा अध्यक्ष पुर्ण कुमार गुरुङले बैंक तथा वित्तीय संस्थाहरुले गर्ने वित्तीय साक्षरता कार्यक्रमबाट रिठेपानी निवासीहरु प्रत्यक्ष रुपमा लाभान्वीत हुने अपेक्षा गरेको वताए । सोही कार्यक्रममा राईजिङ स्टार युथ क्लवका अध्यक्ष विष्णु गुरुङले आम सर्वसाधारण जनताहरुलाई वित्तीय जानकारी गराउने हेतुले यस्ता कार्यक्रम गरिनु हितकारी रहेको बताए ।

वित्तीय साक्षरता कार्यक्रममा ग्रीन डेभलपमेण्ट बैंक लि. तालचोक शाखाका शाखा प्रवन्धक सुशिल पौडेलले सहजीकरण गरेका थिए । कार्यक्रममा पौडेलले बैंक भनेको के हो किन यसको आवश्यकता छ चेक भनेको के हो गलत तरिकाले चेक काट्दा हुने नोक्सानीहरु के के हुन बैंकबाट कसरी कर्जा प्रवाह हुन्छ नगदको सुरक्षा के हो, नगद व्यवस्थापन कसरी गर्ने, सफा नोट निती, हालै नेपाल सरकारले घोषणा गरेको खोलौ वैंक खाता अभियान २०७६ भनेको के हो, सम्पत्ती शुद्धीकरण भनेको के हो एटिएम कार्ड के हो लगायतका विषयमा प्रशिक्षण दिएका थिए । साथै, आगामी दिनहरुमा त्यस रिठेपानी क्षेत्रमा बैंकले सामाजिक तथा आर्थिक विकासको लागि स्थानिय क्लव, आमा समुह, टोल सुधार समिती लगायतसँग समन्वय गरिने समेत वताए । उक्त कार्यक्रम, राईजिङ्ग स्टार युथ क्लव, ग्रीन डेभलमपेण्ट वैंक र रिठेपानी वचत तथा ऋण सहकारी संस्था लि.को समन्वयमा सम्पन्न भएको थियो ।

You might also like

Comments are closed.