आर्थिक आवाज
पोखराको सभागृहचोकमा केन्द्रीय कार्यालय रहेको ग्रीन डेभलपमेण्ट बैंकले हालै नवलपुर जिल्लामा थप दुई शाखा संचालनमा ल्याएको छ । नवलपुरको गैडाकोट नगरपालिका–५, कांग्रेसचोक र कावासोती नगरपालिका–२,कावासोतीमा शाखाहरुको शुभारम्भ बैंकका अध्यक्ष गणेश कुमार श्रेष्ठ र पूर्व संचालक नरेन्द्र रमण त्रिपाठीले गरेका हुन् ।
शुभारम्भ कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले पोखरामा केन्द्रीय कार्यालय भई कार्य गर्दै आएको यस बैंकले गण्डकी प्रदेश स्तरको एक मात्र स्थानीय बैंक हुने उद्देश्यका साथ नवलपुर जिल्लामा शाखाहरु विस्तार गरेको बताए । बैंकले निःशुल्क एटिएम डेविट कार्ड, अत्याधुनिक मोबाइल बैंकिङ सुविधा, कनेक्ट आइपिएस, निःशुल्क एविविएम सुविधा, सुनचाँदी धितोमा कर्जा लगायतका विभिन्न बैंकिङ सुविधा प्रदान गर्नुका साथै स्थानीय स्तरमै सञ्चालित उद्यमशिलतासँग सम्वन्धित तथा अन्य उत्पादनशील क्षेत्रलाई प्राथमिकतामा राखी विभिन्न कर्जा उपलब्ध गराउदैं आएको बैंकका प्रमुख कार्यकारी अधिकृत उमेश कुमार आचार्यले बताए ।
बैंकका हाल कास्की, वाग्लुङ, म्याग्दी र नवलपुर जिल्लामा १३ वटा शाखा रहेकोमा निकट भविष्यमा तनहुँका विभिन्न स्थानहरुमा समेत शाखा विस्तार गर्ने योजना राखेको छ ।
Comments are closed.