पोखरा । पोखराको सभागृहचोकमा केन्द्रीय कार्यालय रहेको ग्रीन डेभलपमेण्ट बैंक लि.ले आफ्नो स्थापनाको सातौं वर्ष पार गरि आठौं वर्षमा प्रवेश गरेको छ । बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
बैंकको केन्द्रीय कार्यालय न्युरोड पोखरा परिसरमा रक्तदान कार्यक्रम भएको छ । उक्त अवसरमा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत उमेश कुमार आचार्यले हाल विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको जोखिम र यसले निम्त्याएको विषम परिस्थितिमा भइरहेको रगतको अभावलाई कम गर्न बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम गरेको बताए ।
बैंकले विभिन्न किसिमका आधुनिक बैंकिङ सुविधा प्रदान गर्नुका साथै स्थानीय स्तरमा छरिएर रहेको पूँजीलाई एकीकृत गरी स्थानीय स्तरमै सञ्चालित उद्यमशिलतासँग सम्वन्धित तथा अन्य उत्पादनशील क्षेत्रलाई प्राथमिकतामा राखी विभिन्न कर्जा उपलब्ध गराउँदै आएको र गण्डकी प्रदेशको एकमात्र विकास बैंक बन्ने बताए ।
बैंकले वागलुङ स्थित हनुमान नाच संरक्षण परिषद् (राम मन्दीर)को संरक्षरण तथा प्रवद्र्धनका लागि ५० हजार रुपैयाँ आर्थिक सहयोग समेत प्रदान गरेको छ । कार्यक्रममा बैंकका सञ्चालक कृष्ण शंकर श्रेष्ठले चेक हस्तान्तरण गरे । वागलुङ जिल्लामा स्थापना भई हाल गण्डकी प्रदेशका विभिन्न जिल्लाहरुमा आफ्नो सेवा विस्तार गरिसकेको बैंक भविष्यमा प्रदेश स्तरको एक अग्रणी बैंक बन्ने उनले बताए ।
बैंकले हाल कास्की, वाग्लुङ, म्याग्दी र नवलपुर जिल्लामा रहेका १३ वटा शाखा कार्यालयहरुवाट विभिन्न किसिमका आधुनिक बैंकिङ सुविधाहरु, मोबाइल बैंकिङ, निःशुल्क एटिएम कार्ड, कनेक्ट आईपिएस जस्ता सुविधाका साथ साथै बचत तथा मुद्यती खातामा आकर्षक व्याजदर प्रदान गर्दै आएको प्रमुख कार्यकारी अधिकृत आचार्यले जानकारी दिए । तनहुँँ जिल्लामा थप २ वटा शाखा विस्तार गर्ने तयारीमा बैंक छ ।
Comments are closed.