ग्रीन डेभलपमेन्ट बैंङ्कको शाखा बाग्लुङ्ग बसपार्कमा

बाग्लुङ्ग , २९ बैशाख
ग्रीन डेभलपमेन्ट बैंङ्कले पोखरा महानगरपालिका २, बाग्लुङ्ग बसपार्कमा शाखा खोलेको छ । पोखरा महानगरपालिका वडा नं २ का अध्यक्ष रामेश्वर मल्ल , बैंङ्कका अध्यक्ष गणेश कुमार श्रेष्ठ र बैंङ्कका शेयरधनी दिपशंकर श्रेष्ठले संयुक्त रुपमा शाखा उद्घाटन गरेका हुन ।

सो अवसरमा वडा अध्यक्ष मल्लले वडाका विभिन्न आर्थिक गतिविधिहरुमा बैंङ्कसँग सहकार्य गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । बैंङ्कका अध्यक्ष गणेश कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बैंङ्कका प्रमुख कार्यकारी अधिकृत उमेश कुमार आचार्य तथा बैंङ्कका संस्थापक शेयरधनी दिपशंकर श्रेष्ठले बैंङ्कको भावी योजनाका बारेमा प्रकाश गरेका थिए ।

सोही अवसरमा बैङ्कको केन्द्रीय कार्यालय पोखरा ८ सभागृहमा स्थानान्तरणको क्रममा रहेको तथा बैंङ्कले विभिन्न उत्पादनशील क्षेत्रलाई प्राथमिकतामा राखी विभिन्न कर्जाहरु उपलब्ध गराउनुका साथै विभिन्न बचत तथा मुद्धती निक्षेपमा आकर्षक ब्याजदर प्रदान गर्दै आएको प्रमुख कार्यकारी अधिकृत उमेश कुमार आचार्यले जानकारी दिए ।

You might also like

Comments are closed.