ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा बज्राचार्य नियुक्त

काठमाडौं । बैंकिङ क्षेत्रमा लामो अनुभव संगालेका व्यक्तिलाई ग्लोबल आइएमई बैंकले प्रमुख कार्यकारी अधिकृत पाएको छ । चार दशकदेखि बैंकिङ क्षेत्रमा आबद्ध बैंकर रत्नराज बज्राचार्य बैंकको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका हुन् । चार वर्षे कार्यकालका लागि बज्राचार्य सीईओमा नियुक्त भएका हुन् ।

शुक्रबार बसेको सञ्चालक समिति बैठकले भदौ १ गते कार्यभार सम्हाल्ने गरी उनलाइृ नियुक्त गरेको हो । बज्राचार्यले यस अगाडि पनि ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत भएर ४ वर्ष काम गरिसकेका थिए ।

You might also like

Comments are closed.