ग्लोबल आइएमई बैंकद्वारा क्रिकेट खेलाडी ऐरीलाई १ वर्षका लागि प्रायोजन

काठमाडौं, १० फागुन । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो एघारौँ वार्षिक उत्सवको अवसर पारेर नेपालको क्रिकेट खेलमा महत्वपूर्ण योगदान पु¥याए बापत सम्मान स्वरुप नेपाली राष्ट्रिय टिमका सदस्य एंव अन्डर नाइन्टिन टिमका कप्तान दिपेन्द सिंह ऐरीलाई १ वर्षको लाई प्रयोजन गरेको छ । ग्लोबल आइएमई बैंक लि. को रजिष्र्टड कार्यालय कमलादीमा आयोजित एक समारोहका बिच बैंकले ऐरीलाई प्रयोजन गरेको घोषणा गरेको हो ।

प्रायोजन पछि बैंकले ऐरीलाई एक वर्षका लागि ४ लाख रुपैयाँ प्रदान गर्नेछ । मासिक २० हजार रुपैयाँ र बाँकी रकमको स्पोर्टस किट्स प्रदान गरिने विज्ञप्तिमा उल्लेख छ । बिहीबार ग्लोबल आइएमई बैंक लिमिटेडको कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले बैंकले नेपालको क्रिकेट खेल र खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले नेपाली क्रिकेट टिमका सदस्य दिपेन्द्र सिंह एरीलाई सम्मान गरेको बताए ।

क्रिकेट खेलाडी ऐरीले बैंकले आफूप्रति देखाएको सम्मानले उत्साहित भएको र भविष्यमा अझ राम्रो खेल्नको लागि प्रेरणा मिलेको बताए । नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले नेपाली क्रिकेट प्रति कर्पोरेट हाउसहरुले देखाएको सम्मानले आफूहरुलाई थप उर्जा प्रदान गरेको बताए ।

You might also like

Comments are closed.