ग्लोबल रिचको अष्ट्रेलियन युनिभर्सिटी फेयर माघ १० गते

पोखरा, ३ माघ । परामर्श सेवा प्रदान गर्दै आइरहेको ग्लोबल रिच पोखरा शाखाको आयोजनामा अष्ट्रेलियन युनिभर्सिटी फेयर हुने भएको छ । माघ १० गते बुधबार पोखराको होटल ग्राण्डमा फेयर हुँदैछ । उच्च शिक्षाका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई लक्षित गरी फेयर आयोजना गरिएको ग्लोबल रिच पोखरा शाखा कोअर्डिनेटर सरिता गुरुङले जानकारी दिइन् ।

फेयरमा अष्ट्रेलियाका प्रशिद्ध १२ वटा विश्वविद्यालयका प्रतिनिधि प्रत्यक्ष सहभागी हुँदैछन् । ‘उच्च शिक्षाका लागि अष्ट्रेलिया जान सक्ने सम्भावना तथा राम्रो प्रोफाइल भएका विद्यार्थीको फेयरमा भिड लाग्ने हामीले अनुमान गरेका छौं,’ उनले भनिन्, ‘हाम्रो सेवाबाट प्रभावित भएर ग्लोबल रिचप्रति विद्यार्थीको आकर्षण बढेको छ ।’

अष्ट्रेलियन उच्च शिक्षाका बारेमा सम्पूर्ण जानकारी उक्त फेयरमा विद्यार्थीलाई दिइएको गुरुङले जानकारी दिइन् । ग्लोबल रिचको पोखरा शाखा सन् २०१५ मा भाटभटेनीमा स्थापना भएको हो । पोखरामा वर्षमा २ पटक ग्लोबल रिचले अष्ट्रेलियन एजुकेसन फेयर आयोजना गर्दै आइरहेको छ ।

सन् २०१६ र २०१७ मा ग्लोबल रिचबाट परामर्श लिएका सम्पूर्ण विद्यार्थी अष्ट्रेलिया जान सफल भएको गुरुङले जानकारी दिइन् । ‘अष्ट्रेलियाका धेरै युनिभर्सिटीको आधिकारिक प्रतिनिधि भएकाले पनि ग्लोबल रिचप्रति विद्यार्थीको विश्वास छ,’ उनले भनिन् । उच्च शिक्षाका लागि अष्ट्रेलिया जान इच्छुक सम्पूर्ण विद्यार्थी तथा अभिभावकलाई फेयरमा सहभागी हुन उनले आग्रह गरेकी छन् ।

You might also like

Comments are closed.