ग्लोबल रिचको अष्ट्रेलियन एजुकेसन फेयर आइतबार

पोखरा । उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई परामर्श सेवा प्रदान गर्दै आइरहेको ग्लोबल रिचले समय समयमा विभिन्न फेयरहरु आयोजना गर्दै आइरहेको छ । यसैक्रममा ग्लोबल रिच पोखरा शाखाको आयोजनामा यही साउन १२ गते आइतबार (जुलाई २८)मा ‘अष्ट्रेलियन एजुकेसन फेयर’ हुँदैछ ।

पोखराको न्युरोडस्थित सिटी स्क्वायर बैंक्युट हलमा फेयर हुने ग्लोबल रिच पोखरा शाखा कोअर्डिनेटर सरिता गुरुङले जानकारी दिइन् । ‘उच्च शिक्षाका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई लक्षित गरी फेयर आयोजना गरिएको हो,’ उनले भनिन् ।

फेयरमा अष्ट्रेलियाका प्रशिद्ध युनिभर्सिटी तथा कलेजहरुका प्रतिनिधि प्रत्यक्ष सहभागी हुँदैछन् । बिहान ११ बजेदेखि दिउसो ४ बजेसम्म फेयर सञ्चालन हुनेछ । ‘उच्च शिक्षाका लागि अष्ट्रेलिया जान सक्ने सम्भावना तथा राम्रो प्रोफाइल भएका विद्यार्थीको फेयरमा भिड लाग्ने हामीले अनुमान गरेका छौं,’ गुरुङले भनिन्, ‘हाम्रो सेवाबाट प्रभावित भएर ग्लोबल रिचप्रति विद्यार्थीको आकर्षण बढेको छ ।’

अष्ट्रेलियन उच्च शिक्षाका बारेमा सम्पूर्ण जानकारी उक्त फेयरमा विद्यार्थीलाई काउन्सिलर पद्मा अधिकारीले जानकारी दिइन् । ग्लोबल रिचको पोखरा शाखा सन् २०१५ मा भाटभटेनीमा स्थापना भएको हो । पोखरामा वर्षमा २ पटक ग्लोबल रिचले अष्ट्रेलियन एजुकेसन फेयर आयोजना गर्दै आइरहेको छ ।

अष्ट्रेलियाका धेरै युनिभर्सिटीको आधिकारिक प्रतिनिधि भएकाले पनि ग्लोबल रिचप्रति विद्यार्थीको विश्वास बढेको बजार प्रवन्धक सागरबाबु गिरीले जानकारी दिए । उच्च शिक्षाका लागि अष्ट्रेलिया जान इच्छुक सम्पूर्ण विद्यार्थी तथा अभिभावकलाई फेयरमा सहभागी हुन उनले आग्रह गरेका छन् ।

You might also like

Comments are closed.