ग्लोबल रिचको अष्ट्रेलियन एजुकेशन फेयर ५ सय विद्यार्थी सहभागी

पोखरा । ‘ग्लोबल रिच’को नवौँ सँस्करणको ‘अष्ट्रेलियन एजुकेशन फेयर’ सकिएको छ । आइतबार पोखरामा भएको शैक्षिक मेलामा करिब ५ सय विद्यार्थीहरुको प्रत्यक्ष सहभागिता रह्यो । आयोजक ग्लोबल रिच पोखरा शाखाले फेयर भव्य रुपमा सफल भएको प्रतिक्रिया दिएको छ ।

‘हामीले लक्षित गरेको भन्दा बढि विद्यार्थीहरुको सहभागिता रह्यो । पोखरामा भएका पछिल्ला शैक्षिक मेलाहरुमा विद्यार्थीहरुको यति बाक्लो सहभागिता रहेको यो ऐतिहासिक कार्यक्रम हो ।’ ग्लोबल रिच पोखरा शाखाका को–अर्डिनेटर सरिता गुरुङले भनिन्–‘र, सहभागी धेरै भन्दा धेरै विद्यार्थीहरुले मेलाबाट आफूले चाहेको जानकारी लिन सकेको हामीले महशुस गरेका छौँ ।’

एक दिनका लागि भएको शैक्षिक मेलामा अष्ट्रेलियाका १२ वटा कलेज तथा युनिभर्सिटीहरुको छुट्टाछुट्टै स्टलबाट विद्यार्थीहरुले जानकारी लिएका थिए ।

दुलेगौँडाकी सुप्रिया बस्नेतले शैक्षिक मेलाको अनुभव गज्जब भएको सुनाईन् । ‘धेरै भन्दा धेरै युनिभर्सिटीका आधिकारिक प्रतिनीधिहरुसँग सोभैm त्यहाँको बारेमा जानकारी लिन पाउँदा मलाई व्यक्तिगत रुपमा फाइदा भयो । धेरैवटा विकल्पहरुको विषयमा जानकारी लिन पाएँ ।’ उनले भनिन् । बस्नेतका लागि शैक्षिक मेलाको यो पहिलो अनुभव हो ।

त्यस्तै महेन्द्रनगर कञ्चनपुर घर भएका प्रकाशराज जोशी पनि ग्लोबल रिचको शैक्षिक मेलामा भेटिए । उनी अहिले पोखरा बिश्वविद्यालयमा स्नातक तहका अन्तिम वर्षका विद्यार्थी हुन् । ‘यो फेयर निकै इन्फरमेटिभ लाग्यो । अष्ट्रेलियाका कलेज तथा युनिभर्सिटी, त्यहाँको पाठ्यक्रम, फि र प्रोभिजनको विषयमा मज्जाले जानकारी लिन पाईयो । त्यसैमाथि यहाँबाट अध्ययनका लागि जाँदा आवश्यक शैक्षिक कर्जाको विषयमा पनि मेलामा जानकारी लिन पाउँदा झन् गज्जब लाग्यो ।’ उनले भने ।

ग्लोबल रिच पोखराका मार्केटिङ म्यानेजर सागरबाबु गिरीले विद्यार्थीहरु सन्तुष्ट हुने गरि मेलाको आयोजना गर्न पाउँदा आफू निकै खुशी भएको बताए । ‘धेरै भन्दा धेरै विद्यार्थीहरुले मेला स्तरिय र जानकारीमुलक भएको प्रतिक्रिया दिनुभयो । र, यस्तो खालको प्रतिक्रियाले हाम्रो उद्देश्यलाई पुरा गर्न पाएको महशुस भएको छ ।’ उनले भने–‘ग्लोबल रिचको ब्राण्ड भ्यालुले पनि विद्यार्थीहरुलाई मेलासम्म आकर्षित गरेको हो जस्तो लाग्छ ।’

ग्लोबल रिच बहुराष्ट्रिय शैक्षिक परामर्शदाता संस्था हो । भारतमा मूख्य कार्यालय रहेको कम्पनीको विश्वव्यापी ४० भन्दा बढि शाखाहरु छन् । पोखरामा विगत ४ वर्षयता कम्पनीले सेवा दिँदै आएको छ ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.