ग्लोबल रिचको अष्ट्रेलियन एजुकेसन फेयर माघ ४ गते शनिबार

आर्थिक आवाज
पोखरा । उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई परामर्श सेवा प्रदान गर्दै आइरहेको ग्लोबल रिच पोखराको आयोजनामा ‘द विगेष्ट अष्ट्रेलियन एजुकेसन फेयर’ हुने भएको छ । आगामी माघ ४ गते शनिबार अर्थात जनवरी १८ मा फेयर हुनेछ । पोखराको न्युरोडस्थित सिटी स्वायरमा फेयर हुने शाखा कोअर्डिनेटर सरिता गुरुङले जानकारी दिइन् ।

उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई लक्षित गरी ग्लोबल रिचले दसौं संस्करणको शैक्षिक मेला आयोजना गरेको हो । ग्लोबल रिचले समय समयमा विभिन्न फेयरहरु आयोजना गर्दै आइरहेको छ ।

फेयरमा अष्ट्रेलियाका प्रशिद्ध युनिभर्सिटी तथा कलेजहरुका प्रतिनिधि प्रत्यक्ष सहभागी हुने पोखरा शाखाका मार्केटिङ म्यानेजर सागरबाबु गिरीले जानकारी दिए । बिहान ११ बजेदेखि दिउसो ४ बजेसम्म फेयर सञ्चालन हुनेछ । उच्च शिक्षाका लागि अष्ट्रेलिया जान सक्ने सम्भावना तथा राम्रो प्रोफाइल भएका विद्यार्थीको फेयरमा भिड लाग्ने गिरीले विश्वास व्यक्त गरे । ‘हाम्रो सेवाबाट प्रभावित भएर ग्लोबल रिचप्रति विद्यार्थीको आकर्षण बढेको छ,’ उनले भने ।

अष्ट्रेलियन उच्च शिक्षाका बारेमा आवश्यक सम्पूर्ण जानकारी उक्त फेयरमा विद्यार्थीलाई प्रदान गरिने काउन्सिलर पद्मा अधिकारीले बताइन् । ग्लोबल रिचको पोखरा शाखा सन् २०१५ मा भाटभटेनीमा स्थापना भएको हो । पोखरामा वर्षमा २ पटक ग्लोबल रिचले अष्ट्रेलियन एजुकेसन फेयर आयोजना गर्दै आइरहेको छ । गत साउनमा पनि फेयर भएको थियो ।

अष्ट्रेलियाका धेरै युनिभर्सिटीको आधिकारिक प्रतिनिधि भएकाले पनि ग्लोबल रिचप्रति विद्यार्थीको विश्वास बढेको शाखा कोअर्डिनेटर सरिता गुरुङ बताउँछिन् । उच्च शिक्षाका लागि अष्ट्रेलिया जान इच्छुक सम्पूर्ण विद्यार्थी तथा अभिभावकलाई फेयरमा सहभागी हुन उनले आग्रह गरिन् । फेयरमा सहभागी विद्यार्थीलाई विशेष पुरस्कारको व्यवस्था गरिएको उनले जानकारी दिइन् ।

You might also like

Comments are closed.