‘ग्लोबल रिचको अष्ट्रेलियन युनिभर्सिटी फेयर महत्वपूर्ण अवसर हो’

नारायण बजाज
प्रबन्ध निर्देशक
ग्लोवल रिच, नेपाल

उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई लक्षित गरी परामर्श सेवा प्रदान गर्दै आइरहेको ग्लोबल रिचले नेपालमा वर्षमा २ पटक ‘अष्ट्रेलियन युनिभर्सिटी फेयर’ आयोजना गर्दै आइरहेको छ । यसैक्रममा साउन २० गते आइतबार पोखराको न्युरोडस्थित सिटी स्क्वायर बैंक्युट हलमा फेयर आयोजना हुँदैछ । फेयरका लक्ष्य, नेपालमा ग्लोबल रिचका सेवा, अष्ट्रेलियाको शिक्षा लगायत विविध विषयमा केन्द्रित रहेर ग्लोबल रिचका प्रवन्ध निर्देशक नारायण बजाजसँग आर्थिक आवाजले गरेको कुराकानीको सारः

फेयर आयोजना गर्नुको मुख्य उद्देश्य के हो ?
बिगतका वर्षदेखि नै ग्लोवल रिचले अष्ट्रेलियन युनिभर्सिटी फेयर गर्दै आइरहेको छ । जनवरी र अगस्टमा गरी वर्षमा २ पटक फेयर संचालन हुँदै आएको छ । २०१८ को जनवरीमा फेयर भएको थियो र अगस्टमा पनि गरेका छौं । नेपालमा रहेका सबै शाखामा हामीले फेयर गरेका छौं । उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीका लागि फेयर महत्वपूर्ण बनेको छ । अष्ट्रेलिया अध्ययन गर्न जान चाहने विद्यार्थीलाई सही परामर्श प्रदान गर्नु नै फेयर को मुख्य उदेश्य हो ।

फेयरमा सहभागी हुँदा विद्यार्थीलाई के फाइदा हुन्छ ?
फेयरमा युनिभर्सिटीका प्रतिनिधिको सहभागीता रहन्छ । आफूलाई लागेका कुरा विद्यार्थीले प्रतिनिधिलाई सोध्न पाउनुहुनेछ । युनिभर्सिटीका कोर्ष तथा छात्रवृत्तिको बारेमा सिधै बुझ्न सक्नुहुनेछ । अहिले अष्ट्रेलियाका धेरै युनिभर्सिटीले छात्रवृत्ति दिने भएका छन् । हामीले विद्यार्थी र युनिर्भसिटीको बिचमा पुलको काम गरेका छौं । यो एक महत्वपूर्ण अवसर पनि हो । विद्यार्थीको डकुमेन्ट तयारी अवस्थामा छन् भने त्यही समयमा अप्लाई पनि गर्न सकिन्छ । फेयरमा १६ युनिभर्सिटीका प्रतिनिधीको सहभागिता रहनेछ । विद्यार्थीलाई सत्य तथ्य जानकारी प्राप्त गर्न पनि फेयर महत्वपूर्ण स्थान बन्नेछ । फेयरमा हामीले निःशुल्क प्रवेशको व्यवस्था गरेका छौं । कुनैकुनै युनिभर्सिटीमा एप्लिकेसन फि लाग्छ तर फेयरमा आउने विद्यार्थीको लागि युनिभर्सिटीको एप्लिकेसन फि पनि लाग्दैन । विहान ११ बजेदेखि ४ बजेसम्म फेयर संचालन हुनेछ ।

ग्लोबल रिचको पोखरा शाखाप्रति तपाईंको धारणा के छ ?
हामीले पोखरा शाखा शुरु गरेको ३ वर्ष भएको छ । पोखराका धेरै विद्यार्थी काठमाडौंमा रहेको हाम्रो कार्यालयमा जानुहुन्थ्यो । पोखराका विद्यार्थीलाई पोखराबाट नै सेवा प्रदान गर्नुपर्छ भन्ने उद्देश्यले शाखा संचालन गरेका हौं । पोखरा शखा सञ्चालन गरेपछि पोखरा मात्र नभई यस आसपासका जिल्लाका विद्यार्थीलाई पनि सहज भएको हामीले अनुभूति गरेका छौं । भाटभटेनीको तेस्रो तलामा हाम्रो कार्यालय छ । हाम्रोमा पोखराकै कर्मचारी नै हुनुहुन्छ, जसका कारण पनि विद्यार्थीले सहज महशुस गरेको हामीले पाएका छौं ।

ग्लोबल रिचमा नै विद्यार्थी किन आउने ?
हामीले विद्यार्थीसँग कुनै पनि सेवा शुल्क लिदैनौं । विद्यार्थीले निःशुल्क रुपमा सत्य तथ्य जानकारी हामी मार्फत प्राप्त गर्न सक्नुहुनेछ । हाम्रो भिजाको सक्सेस रेट पनि धेरै राम्रो छ । २०१८ मा हामी मार्फत जाने करिव ६० प्रतिशत विद्यार्थीले कुनै न कुनै तरिकाले छात्रवृत्ति पाउनुभएको छ ।

ग्लोबल रिचको विशेषता के हो ?
सन् २००७ मा ग्लोबल रिचको नेपाल शाखा कार्यालय हामीले काठमाडौंमा शुरु गरेका थियौं । विद्यार्थीलाई परामर्श प्रदान गर्ने क्रममा हामीले कुनै किसिमको पनि सेवा शुल्क लिदैनौं । हामीसँग परामर्श लिने विद्यार्थीहरु धेरै संख्यामा अष्ट्रेलिया गएको हामीले पाएका छौं । २०१२ देखि हामीले निरन्तर रुपमा अष्ट्रेलियन फेयर गर्दै आइरहेका छौं । अष्ट्रेलियामा रहेका धेरैजसो युनिर्भसिटीमा हामीले प्रतिनिधित्व गरेका छौं । विद्यार्थी माझ हामीले धेरै भन्दा धेरै अवसर प्रदान गरेका छौं । आफूले पढ्न चाहेको कोर्ष, युनिभर्सिटी तथा फी स्टक्चरको बारेमा सबै कुरा विद्यार्थीले बुझ्न पाउनुहुन्छ । हामीले काउन्सिलिङ गर्ने क्रममा विद्यार्थीको रुची, क्षमता तथा चाहना अनुसारको विषय पढ्नको लागि परामर्श दिन्छौं । हामीले कुनै पनि गलत जानकारी नदिई सत्य तथ्य रुपमा काउन्सिलिङ गर्दै आइरहेका छौं ।

उच्च शिक्षाका लागि अष्ट्रेलिया जाने क्रम कस्तो छ ?
अध्ययनको लागि विद्यार्थी अष्ट्रेलिया जाने क्रम बढिरहेको छ । अन्य देश भन्दा अष्ट्रेलिया सुरक्षित भएकाले पनि यस प्रति विद्यार्थीको आकर्षण बढेको हो । ब्याचलर अथवा मास्टर्स सकेपछि अष्ट्रेलियामा विद्यार्थीले २ वर्ष कामको लागि अवसर पाउँछन् र त्यसपछि फेरी अध्ययन गर्न पाउछन् । माइग्रेसनको लागि पनि यहाँको प्रक्रिया केही सहज छ । यहाँको मौसम पनि नेपालसँग मिल्दोजुल्दो छ र विद्यार्थीलाई खासै अप्ठ्यारो महसुस हुँदैन । विविधताको हिसावले पनि अष्ट्रेलिया राम्रो मानिन्छ । खर्च पनि खासै धेरै नलाग्ने हुँदा पनि अष्ट्रेलिया धेरै विद्यार्थीको रोजाईमा परेको हो ।

You might also like

Comments are closed.