ग्लोबल रिच उत्कृष्ट ब्राण्ड हो : सरिता

सरिता गुरुङ
पोखरा शाखा कोअर्डिनेटर
ग्लोबल रिच

पोखराको भाटभटेनीमा सञ्चालित ग्लोबल रिचले उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जाने विद्यार्थीलाई परामर्श सेवा प्रदान गर्दै आइरहेको छ । ग्लोबल रिचको पोखरा शाखा स्थापनाको ३ वर्ष पुगिसकेको छ । शाखाले पोखरामा सेमिनार तथा फेयरहरु आयोजना गर्दै आइरहेको छ । यसैक्रममा पोखरा शाखाकै आयोजनामा साउन २० गते आईतबार सिटी स्क्वायर बैंक्युट न्युरोडमा अष्ट्रेलियन युनिभर्सिटी फेयर हुँदैछ । कार्यक्रममा अष्ट्रेलियाका १६ वटा विश्वविद्यालय तथा कलेजका प्रतिनिधि सहभागी हुँदैछन् । यसैक्रममा ग्लोबल रिचका विशेषता र फेयर आयोजना गर्नुको कारण लगायत विविध विषयमा शाखाका कोअर्डिनेटर सरिता गुरुङसँग गरिएको कुराकानीको सारः

ग्लोबल रिच कस्तो कन्सल्टेन्सी हो ?
अध्ययनको लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई परामर्श प्रदान गर्ने उद्देश्यले ग्लोबल रिच संचालन भएको हो । ग्लोबल रिचले २७ वर्ष पुरा गरिसकेको छ । विश्वका विभिन्न स्थानमा गरेर यसका ४० शाखा छन् । पोखरा शाखा सुरु गरेको ३ वर्ष पुरा भइसकेको छ । उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान इच्छुक विद्यार्थीका लागि ग्लोबल रिच सबैभन्दा नजिकको सारथी हो ।

विद्यार्थीबाट कस्तो प्रतिक्रिया पाउनुभएको छ ?
हामीले विद्यार्थीबाट सकारात्मक प्रतिक्रिया पाएका छौं । हाम्रोमा भिजा सक्सेस रेट उच्च छ । हामीले विद्यार्थीलाई सत्य तथ्य जानकारी दिन्छौं । त्यसै अनुसार परामर्श दिन्छौं । विद्यार्थी हामीबाट सन्तुष्ट हुनुहुन्छ । विद्यार्थीको रुची क्षमता चाहना अनुसारको विषय छान्न हामी परामर्श दिन्छौं । त्यसै अनुसारको कलेज तथा युनिभर्सिटी छान्न हामी सहयोग गर्दछौं । त्यहाँ गएपछि पनि विद्यार्थी सन्तुष्ट भएको हामीले पाएका छौं ।

धेरै विद्यार्थीको रोजाईमा अष्ट्रेलिया पर्नुको कारण के हो ?
अहिले अष्ट्रेलियाको लागि विद्यार्थीको आकर्षण बढिरहेको छ । अष्ट्रेलियामा धेरै राम्रा युनिभर्सिटी छन् । कोर्ष पनि धेरै छन् । विद्यार्थीले रुची अनुसारको कोर्ष पढ्न पाउनुहुन्छ । नर्सिङ, आइटी, इन्जिनियरिङ, विजनेस स्टडिज लगायतका विभिन्न कोर्ष छन् । जुन प्राय विद्यार्थीको रोजाईमा पर्ने गरेका छन् । नेपाल र अष्ट्रेलियाको मौसम पनि मिल्ने खालको छ । अध्ययन पश्चात उतै बस्न चाहने विद्यार्थीको लागि पिआरको व्यवस्था पनि राम्रो छ । विश्वमा नै नम्वर वान बन्न सफल ८ युनिभर्सिटी मिलेर ग्रुप अफ एट बनेको छ । हामी ती युनिभर्सिटीको पनि अथोराइज्ड रिप्रिजेन्टेटिभ हौं । ती युनिभर्सिटीले जुन पायो त्यही कन्सल्टेन्सीलाई अथोरिटी दिदैनन् ।

परामर्शको लागि ग्लोवल रिचमा विद्यार्थी किन आउने ?
ग्लोवल रिच पक्कै पनि अरु भन्दा फरक छ । ग्लोबल रिचले अष्ट्रेलियाका सबै युनिभर्सिटीको प्रतिनिधित्व गर्छ । हामीसँग सबै युनिभर्सिटीको अथोरिटी छ । हामीले कुनै पनि चार्ज नलिई निःशुल्क प्रोसेसिङ गर्छौं । आइएलटिएसको कक्षा पनि सञ्चालन भइरहेको छ । हामीले विद्यार्थीलाई राम्रोसँग परामर्श दिन्छौं । सत्य तथ्य जानकारी हामीले प्रदान गर्दै आइरहेका छौं । हामी क्वान्टिटी भन्दा क्वालिटीमा विश्वास गर्छौं । विद्यार्थीलाई गुणस्तरीय सेवा दिनु नै हाम्रो उद्देश्य हो । बजारमा प्रतिश्पर्धा धेरै छ । हामीलाई काम गर्न खासै अप्ठ्यारो छैन । ग्लोवल रिचको छुट्टै पहिचान छ । एउटा उत्कृष्ट ब्राण्ड बनिसकेको छ ।

फेयर आयोजना गर्नुको उद्देश्य के हो ?
अगस्ट ५ मा पोखरामा फेयर हुँदैछ । अगस्त ४ मा आइएलटिएस गरेर बसेका विद्यार्थीको लागि आईएलटिएस फ्रि मोक टेस्ट गर्नेछौं । विद्यार्थीको लागि यो राम्रो अवसर हो । व्रिटिस काउन्सिलबाट रिप्रिजेन्टिेटिभ आउनुहुन्छ । उहाँले आईएलटिएसको बारेमा विद्यार्थीलाई विभिन्न टिप्स दिनुहुनेछ । फेयरमा १६ युनिभर्सिटी सहभागी हुनेछन् । सिटी स्क्वायर पार्टी प्यालेसमा ११ बजेदेखि ४ बजेसम्म फेयर हुनेछ ।

पोखरामा ग्लोबल रिचको शाखा स्थापना गर्नुको उद्देश्य के हो ?
उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जाने विद्यार्थीको रोजाईमा ग्लोबल रिच पर्छ । हाम्रो काठमाडौं शाखामा काउन्सिलिङ लिन पोखराबाट धेरै विद्यार्थी गएको हामीले पायौं । यसबाट हामीलाई पोखरामा नै शाखा सञ्चालन गर्नुपर्छ भन्ने लाग्यो । पोखरा तथा आसपासका विद्यार्थीलाई सहज होस् भनेर नै हामीले पोखरामा शाखा सञ्चालन गरेका हौं । सन् २०१५ बाट हामीले यस शाखा सञ्चालनमा ल्याएका हौं । हामीले अष्ट्रेलियालाई लक्षित गरेर परामर्श सेवा प्रदान गर्दै आइरहेका छौं ।

You might also like

Comments are closed.